नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल चिकित्सक संघले चिकित्सा शिक्षा आयोगको १८ औँ बैठक बस्न माग गरेको छ । १७ औँ बैठकले सार्वजनिक संस्थामा स्नातकोत्तर तहको सिट सङख्या थप गरी विभिन्न सरोकारवालाले राखेका अन्य विषयमा उचित छलफल र आवश्यक निर्णय गर्ने गरी अर्को बैठक बस्ने निर्णय गरेको थियो । तर मुद्दाको समाधानका लागि कुनै पहल नभएकाले १८ औँ बैठक बस्न माग गरेको संघका महासचिव डा.सन्जिव तिवारीले बताउनुभएको छ ।
स्नाकोत्तर तहमा अध्ययनरत आवासीय चिकित्सकले सरकारी आठौँ तह बराबरको निवृत्तिभरण तत्काल पाउनुपर्ने, आयोगले प्रकाशित गरेको सिट म्याट्रिक् मा १७ औँ बैठकले पुनः थपेको सिट सङ्ख्या समेत जोडी भविष्यमा पिजी सिट नघट्ने दिशामा जाने गरी अविलम्ब म्याचिङ प्रकृयाको सुरुवात हुनुपर्ने संघको माग छ ।
आफ्ना माग ७२ घण्टाभित्र सम्बोधन नभएमा संघ सम्पूर्ण चिकित्सकलाई चरणबद्ध आन्दोलनमा उत्रिन आवाहन गर्न बाध्य हुने संघले चेतावनी दिएको छ ।
आयोगको १६ औँ बैठकले सम्पूर्ण आवासीय चिकित्सकलाई नेपाल सरकारको आठौँ तहको मेडिकल अधिकृतले पाउने तलब बराबरको निवृत्तिभरण दिने निर्णय गरेपनि कार्यन्वयन हुन सकेको छैन ।
विगत लामो समयदेखि विभिन्न निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सक एवं एमडी÷एमएस÷एमडिएस लगायत विभिन्न स्नातकोत्तर तहमा अध्ययन गर्ने सङ्घर्षरत परीक्षार्थी आन्दोलनरत छन् ।
चिकित्सक अचेत अवस्थामा फेला
आइतबार, चैत १, २०८२
काठमाडौं मेडिकल कलेजमा दुर्लभ मस्तिष्क रोगको सफल उपचार
आइतबार, चैत १, २०८२
अल्झिएको चिकित्सक संघको चुनावः समाधान खोज्दै निर्वाचन समिति
आइतबार, चैत १, २०८२
जुम्लाबाट हेलिकप्टरमा उद्दार गरिएकी सुत्केरीको मृत्यु
शुक्रबार, फागुन २९, २०८२
