नेपाल हेल्थ न्युज, काठमाडौं । निजी मेडिकल कलेजहरुले आन्दोलनरत आवासीय चिकित्सकलाई परीक्षामा सामेल नगराउने धम्की दिन थालेका छन् ।
सरकारले तोकेको निर्वाह भत्ता पाउनुपर्ने मागसहित १४ औँ दिनदेखि आन्दोलनरत आवासिय चिकित्सकलाई केही मेडिकल कलेजले परीक्षामा समावेशन गर्न बाध्य नहुने धम्की दिएका हुन् ।
धम्की दिनेमा किष्ट मेडिकल कलेज, नेपाल मेडिकल कलेजलगायत निजी मेकिडल कलेज सामेल छन् । रेसिडेन्ट चिकित्सक विगत दुई हप्तादेखि तोकिएको ड्युटीमा अनुपस्थित भएका कारण स्वास्थ्य सेवा जस्तो अति संवेदनशिल सेवामा आघात पुगेको मेडिकल कलेजको ठहर छ ।
सूचनामा भनिएको छ, “रेसिडेन्सी कार्यक्रममा पठन पानलगायत अन्य शैक्षिक गतिविधिमा गैह्र जिम्मेवारी पन देखिएका कारण रेसिडेन्सको हाजिरी, लगबुक, परीक्षा, पोस्टिङ्ग साथै थेसिसमा समेत प्रभाव पर्न जाने र सो कारण चिकित्सा शिक्षा अध्ययन संस्थानले लिने परीक्षामा सामेल गराउन प्रतिष्ठान बाध्य नहुने र नियम अनुसार कारबाही हुने सम्बन्धित सबैलाई सूचित गरिन्छ ।”
रेसिडेन्सी अवधिमा यस्ता गैह्रजिम्मेवार आचारणबाट पर्न जाने क्षति एवम् शैक्षिक अवरोध सम्बन्धमा रेसिडेन्टहरू स्वय जिम्मेवार हुने सूचनामा उल्लेख छ ।
सरकारले आवासीय चिकित्सकलाई मासिक ४८ हजार पाँच रुपियाँ निर्वाह भत्ता दिने निर्णय गरेको दुई महिना बितिसक्दा पनि कार्यान्ययन नभएपछि आवासीय चिकित्सक पुनः आन्दोलनमा उत्रिएका हुन् ।
चिकित्सा शिक्षा आयोगको १६ औं बैठकले आवासीय चिकित्सकलाई निर्वाह भत्ता सरकारी आवासीय चिकित्सक (आठौँ तह) बराबर ४८ हजार पाँच रुपियाँ दिनुपर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई निजी मेडिकल कलेजले अस्वीकार गरिदिएका थिए ।
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
आइतबार, जेठ ३१, २०८३
चितवनका सरकारी अस्पतालमा बिरामीकाे भार
शुक्रबार, जेठ २९, २०८३
नेपाल आँखा अस्पतालको सेवा आइतबार पनि
शुक्रबार, जेठ २९, २०८३
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधी सहज उपलब्ध गराउने
शुक्रबार, जेठ २९, २०८३

