नेपाल हेल्थ न्युज, काठमाडौं । निजी मेडिकल कलेजहरुले आन्दोलनरत आवासीय चिकित्सकलाई परीक्षामा सामेल नगराउने धम्की दिन थालेका छन् ।
सरकारले तोकेको निर्वाह भत्ता पाउनुपर्ने मागसहित १४ औँ दिनदेखि आन्दोलनरत आवासिय चिकित्सकलाई केही मेडिकल कलेजले परीक्षामा समावेशन गर्न बाध्य नहुने धम्की दिएका हुन् ।
धम्की दिनेमा किष्ट मेडिकल कलेज, नेपाल मेडिकल कलेजलगायत निजी मेकिडल कलेज सामेल छन् । रेसिडेन्ट चिकित्सक विगत दुई हप्तादेखि तोकिएको ड्युटीमा अनुपस्थित भएका कारण स्वास्थ्य सेवा जस्तो अति संवेदनशिल सेवामा आघात पुगेको मेडिकल कलेजको ठहर छ ।
सूचनामा भनिएको छ, “रेसिडेन्सी कार्यक्रममा पठन पानलगायत अन्य शैक्षिक गतिविधिमा गैह्र जिम्मेवारी पन देखिएका कारण रेसिडेन्सको हाजिरी, लगबुक, परीक्षा, पोस्टिङ्ग साथै थेसिसमा समेत प्रभाव पर्न जाने र सो कारण चिकित्सा शिक्षा अध्ययन संस्थानले लिने परीक्षामा सामेल गराउन प्रतिष्ठान बाध्य नहुने र नियम अनुसार कारबाही हुने सम्बन्धित सबैलाई सूचित गरिन्छ ।”
रेसिडेन्सी अवधिमा यस्ता गैह्रजिम्मेवार आचारणबाट पर्न जाने क्षति एवम् शैक्षिक अवरोध सम्बन्धमा रेसिडेन्टहरू स्वय जिम्मेवार हुने सूचनामा उल्लेख छ ।
सरकारले आवासीय चिकित्सकलाई मासिक ४८ हजार पाँच रुपियाँ निर्वाह भत्ता दिने निर्णय गरेको दुई महिना बितिसक्दा पनि कार्यान्ययन नभएपछि आवासीय चिकित्सक पुनः आन्दोलनमा उत्रिएका हुन् ।
चिकित्सा शिक्षा आयोगको १६ औं बैठकले आवासीय चिकित्सकलाई निर्वाह भत्ता सरकारी आवासीय चिकित्सक (आठौँ तह) बराबर ४८ हजार पाँच रुपियाँ दिनुपर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई निजी मेडिकल कलेजले अस्वीकार गरिदिएका थिए ।
जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
