नेपाल हेल्थ न्युज, सर्लाही । मधेश प्रदेशका मुख्य मन्त्री सतीशकुमार सिंहले सर्लाहीको बरहथवा बजारमारहेका ११ वटा निजी अस्पताल तथा पोलिक्लिनिक बन्द गर्न निर्देशन दिनुभएको छ । वरथवा बजारमा अनुगमनका क्रममा ति स्वास्थ्य संस्था मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएपछि बन्द गर्न मुख्य मन्त्री सिंहले निर्देशन दिनुभएको हो । यो बजार दक्षिण–पश्चिमी भेगको प्रमुख व्यापारिक केन्द्र मानिन्छ ।
बजारमा दर्ता समेत नरहेका सङ्कट मोचन अस्पताल, सञ्जीवनी अस्पताल, ह्याप्पी अस्पताल, सर्लाही गोल्डेन अस्पताल, भेनस अस्पताल, हनुमन्त अस्पताल, बरहथवा नवजीवन अस्पताल र अन्य चार वटा पोलिक्लिनिक बन्द हुने भएका छन् ।
मापदण्ड विपरीत रहेका ११ वटै स्वास्थ्य संस्थालाई पत्र काटेर तत्काल बन्द गर्न र दर्ता एवं अन्य प्रक्रिया पूरा गरेर मात्रै सञ्चालन गर्न निर्देशन दिइएको मधेस प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरले जानकारी दिनुभएको छ । मङ्गलबार साँझ बरहथवास्थित गोल्डेन अस्पतालमा उपचारका लागि आएका एक बिरामीसँग भर्ना भएको केही बेरमै धेरै बिल उठाएको भन्दै विरोध जनाउँदा तनाव उत्पन्न भएको घटना बाहिरिने बित्तिकै मुख्यमन्त्री सिंह अस्पताल अनुगमनका लागि बरहथवा पुग्नुभएको थियो ।
पार्टीमा आवद्ध व्यक्तिलाई नेपाल रेडक्रस सोसाइटीमा निषेध
बुधबार, साउन १३, २०८३
लामो समयपछि स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न
बुधबार, साउन १३, २०८३
सुत्केरीलाई ६ महिना तलबी बिदा दिने प्रस्ताव
बुधबार, साउन १३, २०८३
नेपालमै पहिलो पटक न्यून चिरफार विधिबाट मुटुका तीनवटै भल्भको सफल शल्यक्रिया
बुधबार, साउन १३, २०८३
