नेपाल हेल्थ न्युज, बिजुवार । प्युठान अस्पतालमा निर्माणाधीन पाँच तले भवन विगत छ महिनादेखि अलपत्र परेको छ । २१ करोड ३० लाख रुपियाँ लागतमा नेपालगन्जस्थित ग्रान्ड डिजाइन कन्स्ट्रक्सनले ठेक्का लिएर सुरु गरेको निर्माण कार्य हाल रोकिएको छ ।
१५ शय्याबाट ५० शय्यामा विस्तार गर्ने लक्ष्यसहित २०८० चैत ७ गते सुरु गरिएको निर्माण कार्य २०८३ जेठ मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य थियो । तर हालसम्म खास प्रगति नभएको अस्पताल प्रमुख डा. मनोज आचार्यले जानकारी दिनुभयो ।
२०८१ फागुनमै निर्माणमा समस्या देखिएको भनेर सम्बन्धित निकायलाई जानकारी गराएका थियौं, उहाँले भन्नुभयो, तर ठेकेदार गणेश भुसाल सम्पर्कविहीन छन् । भूकम्प प्रतिरोधी, अपाङ्गमैत्री, बालमैत्री र लिफ्टसहितको अन्डरग्राउन्ड पार्किङयुक्त भवन अलपत्र हुँदा स्थानीयवासी चिन्तित छन् ।
स्थानीय लवकुमार अधिकारीले विकासप्रतिको आशा फेरि अधुरो हुने आशङ्का व्यक्त गर्नुभयो । प्युठान नगरपालिका–४, बिजुवारस्थित अस्पताल ३१ रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको छ र २०४५ सालदेखि स्वास्थ्य सेवा दिँदै आएको छ । गोरखापत्र अनलाइन
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
आइतबार, जेठ ३१, २०८३
चितवनका सरकारी अस्पतालमा बिरामीकाे भार
शुक्रबार, जेठ २९, २०८३
नेपाल आँखा अस्पतालको सेवा आइतबार पनि
शुक्रबार, जेठ २९, २०८३
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधी सहज उपलब्ध गराउने
शुक्रबार, जेठ २९, २०८३

