नेपाल हेल्थ न्युज, बिजुवार । प्युठान अस्पतालमा निर्माणाधीन पाँच तले भवन विगत छ महिनादेखि अलपत्र परेको छ । २१ करोड ३० लाख रुपियाँ लागतमा नेपालगन्जस्थित ग्रान्ड डिजाइन कन्स्ट्रक्सनले ठेक्का लिएर सुरु गरेको निर्माण कार्य हाल रोकिएको छ ।
१५ शय्याबाट ५० शय्यामा विस्तार गर्ने लक्ष्यसहित २०८० चैत ७ गते सुरु गरिएको निर्माण कार्य २०८३ जेठ मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य थियो । तर हालसम्म खास प्रगति नभएको अस्पताल प्रमुख डा. मनोज आचार्यले जानकारी दिनुभयो ।
२०८१ फागुनमै निर्माणमा समस्या देखिएको भनेर सम्बन्धित निकायलाई जानकारी गराएका थियौं, उहाँले भन्नुभयो, तर ठेकेदार गणेश भुसाल सम्पर्कविहीन छन् । भूकम्प प्रतिरोधी, अपाङ्गमैत्री, बालमैत्री र लिफ्टसहितको अन्डरग्राउन्ड पार्किङयुक्त भवन अलपत्र हुँदा स्थानीयवासी चिन्तित छन् ।
स्थानीय लवकुमार अधिकारीले विकासप्रतिको आशा फेरि अधुरो हुने आशङ्का व्यक्त गर्नुभयो । प्युठान नगरपालिका–४, बिजुवारस्थित अस्पताल ३१ रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको छ र २०४५ सालदेखि स्वास्थ्य सेवा दिँदै आएको छ । गोरखापत्र अनलाइन
सीटी स्क्यान मेसिन खरिद घोटाला: तत्कालीन उपकुलपतिसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, माघ १५, २०८२
गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध
बिहीबार, माघ १५, २०८२
मन्त्री शर्माद्वारा जि.पी. कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रको अनुगमन
बिहीबार, माघ १५, २०८२
माधव नेपाल अस्पताल भर्ना
बिहीबार, माघ १५, २०८२
