नेपाल हेल्थ न्युज, काठमाडौं । तीनकुने घटनामा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवलशमशेर जबरालाई छाड्ने तयारी भएको छ । उपचारका लागि छाड्ने तयारी भएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
क्यान्सरका बिरामी रहेका धवललाई नियमित चेकजाँचको लागि अस्पताल जानुपर्ने भएकोले उहाँलाई छाड्न लागिएको बताइएको छ । उहाँ उपचारको लागि भारत जाने र उपचार लगत्तै पुनः कानुनी प्रक्रियामा ल्याइने तयारी छ । अहिले उपचारका लागि उहाँलाई पठाउन लागिएको हो, गृह स्रोतले भन्यो, लगत्तै उहाँलाई कानुनी प्रक्रियामा फर्काइनेछ ।
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा राज्य विरुद्धको कसुर अन्तर्गत उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनीसहित वरिष्ठ नेता रवीन्द्र मिश्रलाई पनि प्रहरीले पक्राउ गरेको थियो । मिश्र भने हिरासतमै छन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३
बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सक टोली जाँदै
शुक्रबार, भदौ २६, २०८३

