नेपाल हेल्थ न्युज, काठमाडौं । तीनकुने घटनामा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवलशमशेर जबरालाई छाड्ने तयारी भएको छ । उपचारका लागि छाड्ने तयारी भएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
क्यान्सरका बिरामी रहेका धवललाई नियमित चेकजाँचको लागि अस्पताल जानुपर्ने भएकोले उहाँलाई छाड्न लागिएको बताइएको छ । उहाँ उपचारको लागि भारत जाने र उपचार लगत्तै पुनः कानुनी प्रक्रियामा ल्याइने तयारी छ । अहिले उपचारका लागि उहाँलाई पठाउन लागिएको हो, गृह स्रोतले भन्यो, लगत्तै उहाँलाई कानुनी प्रक्रियामा फर्काइनेछ ।
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा राज्य विरुद्धको कसुर अन्तर्गत उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनीसहित वरिष्ठ नेता रवीन्द्र मिश्रलाई पनि प्रहरीले पक्राउ गरेको थियो । मिश्र भने हिरासतमै छन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३
काठमाडौँमा रगत अभाव, रक्तदान गर्न रेडक्रसको आग्रह
बुधबार, कात्तिक ११, २०८३ट्रेन्डिङ
