नेपाल हेल्थ न्युज, काठमाण्डौ । हिजो छुटेका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईंदैछ । सरकारले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’अन्तर्गत शनिबार र आइतबार देशभरका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ।
अभियानअन्तर्गत हिजो धेरैले भिटामिन ‘ए’ र जुकाको औषधि खाएका छन् । हिजो छुटेका कतिपय बालबालिकालाई आज खुवाउन लागिएको हो । त्यस्तै बालबालिकामा कुपोषणको परीक्षण गरिनेछ भने बालभिटा समेत दिइनेछ ।
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी शनिबार र आइतबार बालबालिकाहरुलाई भिटामिन ए खुवाउने भएको हो । प्रत्येक वर्ष कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने व्यवस्था सरकारले गर्दै आएको छ ।
सोही दिन एक वर्षदेखि पाँच वर्षसम्मका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि र बालभिटा खुवाइने छ । साथै कुपोषणको परीक्षण पनि गरिने उल्लेख छ ।
यस कार्यक्रममा करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिने उल्लेख छ । सरकारले भिटामिन ‘ए’ कमीको रोकथाम तथा उपचारको लागि २०५० सालमा आठ जिल्लाबाट सुरु भएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम २०५९ देखि देशभर लागू छ।
जुका नियन्त्रण तथा रोकथामको लागि २०५६ सालदेखि १३ जिल्लाबाट सुरु गरिएको जुकाको औषधि खुवाउने कार्यक्रम २०६७ देखि सबै जिल्लामा लागू गरिएको छ । यस्तै २०६४ सालदेखि बालभिटा खुवाइँदै आएको छ ।
अस्पतालको फोटो वा भिडियो खिचे कारवाही हुने
बुधबार, वैशाख १६, २०८३
सुडान द्वन्द्वः यौन हिंसाबाट मानसिक स्वास्थ्य सङ्कट गहिरिँदै
बुधबार, वैशाख १६, २०८३
अचेत भएपछि उपसभामुख ठाकुर अस्पताल भर्ना
बुधबार, वैशाख १६, २०८३
नर्सिङ र एचए पढाउने गण्डकी प्रदेश सरकारको तयारी
मंगलबार, वैशाख १५, २०८३

