नेपाल हेल्थ न्युज, काठमाडौं । धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी प्रा.डा.संजिव कुमार शर्माले पाउनुभएको छ । शर्मालाई प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्रीको निर्णयअनुसार आइतबार निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको प्रतिष्ठानकी प्रवक्ता प्रा.डा. अन्जु प्रधानले जानकारी दिनुभयो ।
प्रतिष्ठानको शिक्षाध्यक्ष रहनुभएको शर्मालाई नयाँ उपकुलपति सिफासिर भई नियुक्ति नभएसम्मका लागि निमित्त उपकुलपतिको जिम्मेवारी तोकिएको छ ।
यसअघिको उपकुलपति डा.ज्ञानेन्द्र गिरीको कार्यकाल गत चैत २६ गते सक्किएको थियो । शर्माले यसअघि पनि यस प्रतिष्ठान निमित्त उपकुलपतिको जिम्मेवारी पाउनुभएको थियो ।
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सक टोली जाँदै
शुक्रबार, भदौ २६, २०८३
बाढीपीडितलाई भारतीय औषधी कम्पनीको १ करोड ५० लाख सहयोग
शुक्रबार, भदौ २६, २०८३
गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो १५१ स्वास्थ्यकर्मी
शुक्रबार, भदौ २६, २०८३

