नेपाल हेल्थ न्युज, सर्लाही । जिल्लाको लालबन्दी नगरपालिका–१४ की जमुनी बललाई यही वैशाख ४ गते साँझ प्रसूति व्यथा लागेपछि नगर अस्पतालबाट तत्काल निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएको छ। अस्पतालले घरमै एम्बुलेन्स पठाई स्वास्थ्यकर्मीको साथमा अस्पताल पुर्याएपछि उहाँले सुरक्षित रूपमा शिशुको जन्म दिनुभयो।
अस्पतालबाट सुरक्षित प्रसूति सम्पन्न भएपछि उहाँलाई भोलिपल्ट फेरी एम्बुलेन्समार्फत घरसम्म पुर्याइएको थियो। नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्दन चौधरीका अनुसार, गर्भवती र नवप्रसूता महिलाका लागि सुरु गरिएको यो निःशुल्क एम्बुलेन्स सेवाबाट हालसम्म १३ जना महिलाले लाभ लिइसकेका छन्।
नगरपालिकाले मातृ तथा नवजात शिशु मृत्युदर घटाउने लक्ष्यसहित यो सेवा सञ्चालनमा ल्याएको हो। रु २० लाख १० हजारको लागतमा एम्बुलेन्स खरिद गरी सेवा सुरु गरिएको हो। नगर क्षेत्रका जुनसुकै वडाका गर्भवती महिलाहरूले सुत्केरी हुन जाँदा र सुत्केरी भइसकेपछि घर फर्कने क्रममा निःशुल्क एम्बुलेन्स सेवा पाउने व्यवस्था गरिएको छ।
डा. चौधरीका अनुसार, प्रसूति जस्तो संवेदनशील अवस्थामा ढुवानीको समस्या हटाएर सुरक्षित मातृत्व सुनिश्चित गर्न यो सेवा अत्यन्त उपयोगी सावित भएको छ।
लालबन्दी नगरपालिकाको यो कदमले ग्रामिण क्षेत्रका महिलाहरूको स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्नुका साथै सुरक्षित सुत्केरी प्रक्रियामा महत्वपूर्ण योगदान पुर्याएको जनस्वास्थ्यकर्मीहरूले बताएका छन्।
चितवनमा पोहोरको तुलनामा डेंगी र स्क्रब टाइफस संक्रमण घट्दो
आइतबार, मंसिर २८, २०८२
एक वर्षदेखि चिकित्सकविहीन छ पाटनको भेटेरिनरी अस्पताल
आइतबार, मंसिर २८, २०८२
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन निर्माणमा अब ढिलासुस्ती सह्य नहुने : कुलमान घिसिङ
आइतबार, मंसिर २८, २०८२
कोशीबाट उपाध्यक्षमा पूर्व महानिर्देशक डा. टंकप्रसाद बाराकोटीको उम्मेदवारी घोषणा
आइतबार, मंसिर २८, २०८२
