नेपाल हेल्थ न्युज, सुनसरी । सूनसरिको दुहबी नगरपालिकामा महिलामा हुने विभिन्न प्रकारका क्यान्सर तथा प्रजनन सम्बन्धी स्वास्थ्य समस्याको पहिचान र उपचारको उद्देश्यले एकीकृत स्वास्थ्य शिविर सुरु गरिएको छ।
नगरपालिकाको स्वास्थ्य शाखाको समन्वयमा र करुणा फाउन्डेसन नेपालको सहकार्यमा आयोजित यो शिविर बुधबारदेखि दुहबी–४ मा रहेको आधारभूत स्वास्थ्य केन्द्रबाट आरम्भ गरिएको हो।
स्वास्थ्य शाखाका नर्सिङ फोकल पर्सन पिंकी भगतका अनुसार, शिविर विभिन्न वडामा रहेका स्वास्थ्य केन्द्रहरूमार्फत सञ्चालन हुनेछ।
शिविरमा महिलामा देखिने आङ झर्ने समस्या, स्तन क्यान्सर, पाठेघर मुखको क्यान्सर, अबस्ट्रेटिक फिस्टुला र बाँझोपनजस्ता स्वास्थ्य अवस्थाको परीक्षण, उपचार तथा आवश्यक परेमा रिफरलसमेत गरिनेछ।
दुहबी नगर उप–प्रमुख मेनुका पोखरेल खतिवडाका अनुसार, महिलाहरुमा यस्ता रोगको समयमै पहिचान र व्यवस्थापन गर्न सकिने उद्देश्यले शिविर सञ्चालनमा ल्याइएको हो।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका स्त्रीरोग विशेषज्ञ डा. सूर्य प्रसाद रिमालका अनुसार, पाठेघर मुखको क्यान्सर सुरुवाती चरणमै पत्ता लागेमा यसको उपचार पूर्णरूपमा सम्भव हुने बताउनुभयो ।
पार्टीमा आवद्ध व्यक्तिलाई नेपाल रेडक्रस सोसाइटीमा निषेध
बुधबार, साउन १३, २०८३
लामो समयपछि स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न
बुधबार, साउन १३, २०८३
सुत्केरीलाई ६ महिना तलबी बिदा दिने प्रस्ताव
बुधबार, साउन १३, २०८३
नेपालमै पहिलो पटक न्यून चिरफार विधिबाट मुटुका तीनवटै भल्भको सफल शल्यक्रिया
बुधबार, साउन १३, २०८३
