नेपाल हेल्थ न्युज, काठमाडौं । आजदेखि ‘विश्व खोप सप्ताह’को सुरुवात भएको छ। यसै दिन ‘इन्टरनेशनल गर्ल्स इन आईसीटी डे’ पनि विश्वभर विभिन्न कार्यक्रमसहित मनाइँदैछ। यी दुवै दिवसहरू संयुक्त राष्ट्रसंघको पहलमा प्रत्येक वर्ष विश्वव्यापी रूपमा मनाइने गरिन्छ।
खोप सप्ताहको मुख्य उद्देश्य जनसाधारणमा खोपको महत्त्वबारे चेतना फैलाउनु र सबै उमेर समूहलाई रोगप्रतिरोधात्मक क्षमता विकास गर्न उत्प्रेरित गर्नु हो। विश्व स्वास्थ्य संगठन को तथ्यांकअनुसार, विगत पाँच दशकमा खोपको प्रयोगबाट करिब १५ करोड ४० लाख मानिसको जीवन जोगिएको छ। यसले शिशु मृत्यु दरमा ४० प्रतिशत सुधार ल्याएको छ भने बचाइएका जीवनहरूमध्ये ६० प्रतिशत दादुराको खोपबाट सम्भव भएको हो।
खोपहरूले बालबालिका, किशोर, गर्भवती महिला र वृद्धहरूमा इन्फ्लुएन्जा, टिटानस, औलो, एचपिभी लगायतका विभिन्न रोगहरूबाट जोगाउने काम गर्दै आएका छन्। यस वर्ष ‘सबैका लागि खोप, मानव अधिकारको रूपमा सम्भव’ भन्ने नारासहित यो सप्ताह मनाइँदैछ।
त्यसैगरी, आज ‘इन्टरनेशनल गर्ल्स इन आईसीटी डे’ को अवसरमा पनि विशेष कार्यक्रमहरू आयोजना हुँदैछन्। ‘समावेशी डिजिटल रूपान्तरणका लागि केटीहरू सूचना प्रविधिमा’ भन्ने मूल विषयवस्तुमाथि केन्द्रित रहेर किर्गिस्तान र मोरिटानियामा प्रत्यक्ष रूपमा तथा अनलाइन माध्यमबाट छलफल गरिने छ।
पार्टीमा आवद्ध व्यक्तिलाई नेपाल रेडक्रस सोसाइटीमा निषेध
बुधबार, साउन १३, २०८३
लामो समयपछि स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न
बुधबार, साउन १३, २०८३
सुत्केरीलाई ६ महिना तलबी बिदा दिने प्रस्ताव
बुधबार, साउन १३, २०८३
नेपालमै पहिलो पटक न्यून चिरफार विधिबाट मुटुका तीनवटै भल्भको सफल शल्यक्रिया
बुधबार, साउन १३, २०८३
