नेपााल हेल्थ न्युज, काठमाडौं । सरकारद्वारा सरकारी आठौं तहका कर्मचारी सरहको निर्वाह भत्ता दिने निर्णय भएपनि निजी मेडिकल कलेजहरूमा कार्यरत आवासीय चिकित्सकहरूलाई सो निर्णय कार्यान्वयन नगरिएको भन्दै चिकित्सकहरू आन्दोलित भएका छन्। यसै सन्दर्भमा उपत्यकासहित देशभरका चिकित्सकहरूले विरोध प्रदर्शनको कार्यक्रम घोषणा गरेका छन्।
चिकित्सा शिक्षा आयोगका सहअध्यक्ष समेत रहेका स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई दबाब दिने उद्देश्यले काठमाडौंमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र देशका विभिन्न जिल्लाहरूमा जिल्ला प्रशासन कार्यालय घेराउ गरिने योजना बनाइएको छ।
चिकित्सकहरूको सञ्जालले जारी गरेको सूचनामा भनिएको छ, बैशाख ११ गते बिहान १० बजेदेखि १२ बजेसम्म देशभरका चिकित्सकहरूले आ–आफ्नो जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रदर्शन गर्नेछन्। राजधानीका चिकित्सकहरू भने सोही दिन बिहान ११ः३० बजे माइतीघर मण्डलामा भेला भई स्वास्थ्य मन्त्रालय घेराउ गर्नेछन्।
यस आन्दोलनमार्फत सम्बन्धित निर्णयलाई पूर्ण रूपमा लागू गराउन सरकारलाई बाध्य पार्ने चिकित्सकहरूको उद्देश्य छ। राजधानीका चिकित्सकहरू माइतीघर मण्डलामा
पार्टीमा आवद्ध व्यक्तिलाई नेपाल रेडक्रस सोसाइटीमा निषेध
बुधबार, साउन १३, २०८३
लामो समयपछि स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न
बुधबार, साउन १३, २०८३
सुत्केरीलाई ६ महिना तलबी बिदा दिने प्रस्ताव
बुधबार, साउन १३, २०८३
नेपालमै पहिलो पटक न्यून चिरफार विधिबाट मुटुका तीनवटै भल्भको सफल शल्यक्रिया
बुधबार, साउन १३, २०८३
