नेपााल हेल्थ न्युज, काठमाडौं । सरकारद्वारा सरकारी आठौं तहका कर्मचारी सरहको निर्वाह भत्ता दिने निर्णय भएपनि निजी मेडिकल कलेजहरूमा कार्यरत आवासीय चिकित्सकहरूलाई सो निर्णय कार्यान्वयन नगरिएको भन्दै चिकित्सकहरू आन्दोलित भएका छन्। यसै सन्दर्भमा उपत्यकासहित देशभरका चिकित्सकहरूले विरोध प्रदर्शनको कार्यक्रम घोषणा गरेका छन्।
चिकित्सा शिक्षा आयोगका सहअध्यक्ष समेत रहेका स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई दबाब दिने उद्देश्यले काठमाडौंमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र देशका विभिन्न जिल्लाहरूमा जिल्ला प्रशासन कार्यालय घेराउ गरिने योजना बनाइएको छ।
चिकित्सकहरूको सञ्जालले जारी गरेको सूचनामा भनिएको छ, बैशाख ११ गते बिहान १० बजेदेखि १२ बजेसम्म देशभरका चिकित्सकहरूले आ–आफ्नो जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रदर्शन गर्नेछन्। राजधानीका चिकित्सकहरू भने सोही दिन बिहान ११ः३० बजे माइतीघर मण्डलामा भेला भई स्वास्थ्य मन्त्रालय घेराउ गर्नेछन्।
यस आन्दोलनमार्फत सम्बन्धित निर्णयलाई पूर्ण रूपमा लागू गराउन सरकारलाई बाध्य पार्ने चिकित्सकहरूको उद्देश्य छ। राजधानीका चिकित्सकहरू माइतीघर मण्डलामा
घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३
