नेपाल हेल्थ न्युज, नेपालगन्ज । नेपालगन्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा शनिबार बिहान भएको भीषण आगलागीले तीन करोडभन्दा बढीको औषधी तथा उपकरण नष्ट भएको छ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीका अनुसार स्टोरमा राखिएको फ्रिजमा सर्ट सर्किट भएर आगलागी शुरु भएको हो। अस्पतालमा प्रयोग हुने सबै प्रकारका औषधी, उपकरण र प्रयोगशालाका लागि आवश्यक महँगो भ्याक्सिनसमेत पूर्ण रूपमा जलेर नष्ट भएको उहाँले जानकारी दिनुभयो।
अस्पतालले प्रारम्भिक अनुमानमा तीन करोड रुपैयाँभन्दा बढीको क्षति भएको बताएको छ। साथै, मेडिकल स्टोरका केही कोठाका फर्निचर र महत्वपूर्ण कागजपत्रहरू पनि जलेर नष्ट भएका छन्।
शनिबार विदा भएकाले स्टोरभित्र कर्मचारी तथा बाहिर बिरामीहरू नभएकाले मानवीय क्षति हुन नपाएको अस्पतालले जनाएको छ।
आगलागीपछि तत्काल दमकल र प्रहरीलाई खबर गरिई भेरी अस्पतालका कर्मचारी तथा सुरक्षाकर्मीहरूको सहयोगमा आगो नियन्त्रणमा लिइएको भेरी अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्रबहादुर शाहले जानकारी दिनुभयो।
आगलागीको कारण सर्ट सर्किट देखिए पनि घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। क्षतिको यकिन विवरण आइतबारसम्म आउने बताइएको छ।
स्वास्थ्यकर्मीमाथि हुने आक्रमण रोक्न सुरक्षा समन्वय समिति फेरि सक्रिय गरिने
मंगलबार, साउन १२, २०८३
बेबी पाउडर जोन्सन एन्ड जोन्सनले ट्याल्क मुद्दा मिलाउन ५.५ अर्ब डलर तिर्ने प्रस्ताव
मंगलबार, साउन १२, २०८३
लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मी माग, कुन पदमा कति ?
मंगलबार, साउन १२, २०८३
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
मंगलबार, साउन १२, २०८३
