नेपापल हेल्थ न्युज, पर्वत । प्रदेश अस्पताल पर्वतको ५० शय्यामा स्तरोन्नति प्रक्रिया सुरु भएको छ। करिब ३५ वर्षअघि वि।सं। २०४६ मा सञ्चालनमा आएको यस अस्पतालले अब १५ शय्याको अनुमतिमा ६४ शय्या सेवा प्रदान गर्दै आएको छ। यस अस्पतालले जनशक्ति स्रोतबाट अतिरिक्त जनशक्ति समेटेर ६४ शय्याको सेवा सञ्चालन गरेको हो। अब सरकारले ५० शय्याको अनुमति दिएको छ, जसले अस्पतालको सेवा सुविधा र जनशक्ति दुवैमा सुधार ल्याउने छ।
अस्पतालका अध्यक्ष शङ्कर गिरीका अनुसार नयाँ स्तरोन्नति पछि, थप विशेषज्ञ चिकित्सकहरूको समावेशसँगै थप सेवाहरू पनि प्रदान गरिने छन्। अस्पतालले अहिले १०५ जनशक्ति कार्यरत राख्दै तीन सय भन्दा बढी बिरामीलाई सेवा दिन सकेको छ। १५ शय्याको अनुमतिमा सेवा दिँदै आएको अस्पताललाई अब ५० शय्याको अनुमतिमा थप सुविधाहरू प्राप्त हुनेछन्।
गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकका अनुसार प्रदेश सरकारले सबै अस्पतालहरूको स्तरोन्नतिको प्रक्रिया अघि बढाइरहेको छ। ५० शय्याको अनुमति प्राप्त गरेपछि यस अस्पतालले अझ उन्नत सेवाहरू उपलब्ध गराउने अपेक्षा गरिएको छ।
यस अस्पतालको स्तरोन्नति प्रक्रियाले प्रदेशका अन्य अस्पतालहरूको स्तर वृद्धिमा योगदान पुर्याउने छ, र भविष्यमा प्राविधिक शिक्षा समेत प्रदान गर्ने अवसर खोल्नेछ। मन्त्री पाठकका अनुसार स्तरोन्नति भएको अस्पतालको आम्दानी वर्तमानको तुलनामा तीन गुणा बढ्ने अनुमान गरिएको छ।
किशोरीको डिम्ब तस्करी आरोपमा डा. नुतन शर्मासँग प्रहरीको बयान
आइतबार, साउन २४, २०८३
नेत्रज्योति सङ्घलाई डब्लुएचओले ‘पब्लिक हेल्थ अवार्ड’ प्रदान गर्ने
आइतबार, साउन २४, २०८३
चिकित्सक र नर्समाथि कुटपिटपछि पलाँता अस्पताल अनिश्चितकालका लागि बन्द
आइतबार, साउन २४, २०८३
गाभीले नेपाललाई ३ करोड ९६ लाख डलर बराबरको खोप दिने
आइतबार, साउन २४, २०८३
