नेपाल हेल्थ न्युज, काठमाडौं, निजी मेडिकल कलेजमा स्नातकोत्तर (पीजी) अध्ययनरत चिकित्सकहरुले सरकारी कलेजसरह निर्वाह भत्ता माग गर्दै आन्दोलन जारी राखेका छन्। सोमबार आयोगले निर्णय गरे पनि आफूहरुलाई औपचारिक जानकारी नआएको भन्दै उनीहरुले मंगलबार पनि आन्दोलन गरेका छन्।
स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिका संयोजक डा. शेषराज घिमिरेका अनुसार, सरकारी कलेजमा जस्तै भत्ता पाउनु हाम्रो मुख्य माग हो। जबसम्म सो भत्ता हाम्रो खातामा आउँदैन, हामी आन्दोलन रोक्दैनौ ।
यसैबीच, चिकित्सकहरुको साझा संगठन नेपाल चिकित्सकले पनि आन्दोलन जारी राख्ने स्पष्ट पारेको छ। संगठनका अनुसार, सोमबारको आयोग बैठकपछि पनि मेडिकल कलेजहरुले भत्ता वितरणको स्पष्ट समयतालिका सार्वजनिक नगरेकाले आन्दोलन अन्त्य गर्ने अवस्था अझै नआएको हो।
प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग मन्त्री मेहताको कार्यसम्पादन सम्झौता
बिहीबार, कात्तिक १२, २०८३
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा कर्मचारी माग, कात्तिक २१ गतेसम्म आवेदन दिन सकिने
बिहीबार, कात्तिक १२, २०८३
बालबालिका, गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
बिहीबार, कात्तिक १२, २०८३
घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३ट्रेन्डिङ
