नेपाल हेल्थ न्युज, चितवन । भरतपुर अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको भुक्तानी नपाएको भन्दै आगामी जेठदेखि बीमामार्फत् दिइने सम्पूर्ण उपचार सेवा बन्द गर्ने तयारी गरिरहेको छ।
अस्पतालका प्रमुख डा. मेसु पौडेलका अनुसार चालु आर्थिक वर्षमा स्वास्थ्य बीमा बोर्डबाट एक रुपैयाँ पनि नपाएको र अस्पतालले दिने सेवामा गम्भीर असर परिरहेको छ। उहाँका अनुसार विगतदेखि नै पटक–पटक भुक्तानी माग गर्दा पनि सुनुवाइ नभएको हो।
उहाँले चेतावनी दिँदै भन्नुभयो, “यो वैशाखभित्र कम्तीमा २५ करोड रुपैयाँ भुक्तानी नआएमा जेठदेखि बीमा सेवामार्फत उपचार बन्द गर्न बाध्य हुनेछौं।”
हालसम्म अस्पताललाई करिब ६० करोड रुपैयाँ बराबरको भुक्तानी पाउन बाँकी रहेको जानकारी दिँदै पौडेलले औषधि खरिद, कर्मचारीको तलब भत्ता तथा अन्य सेवा सञ्चालनमा कठिनाइ भइरहेको बताउनुभयो।
यही अभावका कारण अस्पतालले २४ वटा प्रयोगशाला परीक्षण सेवा बन्द गरिसकेको छ। भिटामिन डी, क्याल्सियम, फोलिक एसिड, भिटामिन बी१२ जस्ता परीक्षण अब बिरामीले आफैं खर्च गरेर गराउनु पर्ने भएको छ।
अस्पतालमा उपचार गर्न आउने बिरामीमध्ये झण्डै ७० प्रतिशतले बीमा सेवा प्रयोग गर्दै आएका छन्। संस्थाले मासिक ७ करोड रुपैयाँ बराबरको बीमा बापतको रकम माग गर्दै आएको छ।
डा. पौडेलले भन्नुभयो, “कार्यक्रम चलाउनु मात्रै होइन, त्यसका लागि आवश्यक बजेट उपलब्ध गराउनु जरुरी छ। रकम नआउँदा अब सेवा बन्द गर्नुको कुनै विकल्प छैन।”
घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३
