नेपाल विश्वविद्यालयको उपकुलपतिमा वरिष्ठ चिकित्सक डा. अर्जुन कार्की नियुक्त हुनुभएको छ। श्वासप्रश्वाससम्बन्धी रोग विशेषज्ञ डा. कार्की यसअघि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको रूपमा कार्यभार सम्हालदै आाउनुभएको छ ।
नेपाल विश्वविद्यालय ऐन, २०८१ अनुसार गठित सिफारिस समितिको सुझावमा संरक्षक परिषद्ले उहाँलाई उपकुलपतिको रूपमा नियुक्त गरेको हो। विश्वविद्यालय ऐनअनुसार संरक्षक परिषद् विश्वविद्यालयको सर्वोच्च निर्णय गर्ने निकाय हो।
यस्तैगरी, विश्वविद्यालयको रजिष्ट्रार पदमा सार्वजनिक नीति तथा पूर्वाधार विकासका विज्ञ डा. सूर्यराज आचार्यको नियुक्ति गरिएको छ।
दुवै पदमा नियुक्ति सम्बन्धित कानुनी प्रक्रिया पालना गर्दै, ऐनले व्यवस्था गरेअनुसार सिफारिस समितिको सुझाव र संरक्षक परिषद्को निर्णयबाट गरिएको विश्वविद्यालयले जनाएको छ।
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
