नेपाल हेल्थ न्युज, काठमाडौं । वामपन्थी राजनीतिमा लामो समय सक्रिय रहनुभएका नेता प्रदीप नेपालको निधन भएको छ। उहाँको निधन मंगलबार दिउँसो काठमाडौंको नर्भिक अस्पतालमा ७१ वर्षको उमेरमा भएको हो।
पार्किन्सन रोगबाट पीडित नेपाल केही समयदेखि अस्वस्थ रहनुभएको थियो। केही दिनअघि अस्पताल भर्ना गरिएपछि उहाँको अवस्था जटिल बन्दै गएकाले सोमबार उहाँलाई सघन उपचार कक्ष (आईसीयू) मा सारिएको थियो।
राजनीतिक जीवनको उत्तरार्धमा अपेक्षाकृत निष्क्रिय रहनुभएका नेपाल विगतमा नेपाल सरकारका शिक्षामन्त्रीका रूपमा कार्यरत रहनुभएको थियो। उहाँ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य समेत रहनुभएको थियो।
प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सीटी स्क्यान मेसिन खरिद घोटाला: तत्कालीन उपकुलपतिसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, माघ १५, २०८२
गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध
बिहीबार, माघ १५, २०८२
मन्त्री शर्माद्वारा जि.पी. कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रको अनुगमन
बिहीबार, माघ १५, २०८२
माधव नेपाल अस्पताल भर्ना
बिहीबार, माघ १५, २०८२
डा. अरुण शाही ‘द म्याक्स फाउण्डेसन’को ग्लोबल थिंक ट्यांक सदस्यमा नियुक्त
बिहीबार, माघ १५, २०८२ट्रेन्डिङ
