नेपाल हेल्थ न्युज, काठमाडौँ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उच्च सङ्क्रामक रोग नियन्त्रण प्रयोगशाला एकाइ स्थापना गरिएको छ। बिहीबार स्वास्थ्य मन्त्री #ले उक्त एकाइको उद्घाटन गर्नुभयो।
सूचना अधिकारी सन्तोष सुवेदीका अनुसार यो एकाइबाट भविष्यमा महामारी नियन्त्रणमा सहयोग पुग्नेछ। सो अवसरमा राष्ट्रिय अत्यावश्यक निदानात्मक परीक्षण सूची पनि सार्वजनिक गरिएको छ।
विश्व स्वास्थ्य सङ्गठनले महामारी कोषबाट सहयोग स्वरूप उपकरणहरू हस्तान्तरण गरेको छ। ती उपकरण ५० बेडसम्मका अस्पतालहरूमा वितरण गरिने र कल्चर परीक्षणको पहुँच बिस्तार हुने डा. रञ्जनराज भट्टले जानकारी दिनुभयो।
मन्त्री पौडेलले प्रयोगशालाको सेवा विस्तारले आम नागरिकलाई लाभ पुग्ने उल्लेख गर्दै बजेट अभावका कारण योजना कार्यान्वयनमा ढिलाइ भएको बताउनुभयो।
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त
आइतबार, असोज ४, २०८३
अतिरिक्त सचिव डा. मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा
शुक्रबार, असोज २, २०८३
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरूद्धको खोप दिइँदै
शुक्रबार, असोज २, २०८३
स्वास्थ्य बीमा अन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
शुक्रबार, असोज २, २०८३
