नेभिगेशन

भक्तपुर अस्पतालमा १९ जना चिकित्सक तथा स्वास्थ्यकर्मी माग

नेपाल हेल्थ न्युज, भक्तपुर । भक्तपुर अस्पतालले करार सेवामा चिकित्सक तथा स्वास्थ्यकर्मी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ।

अस्पतालले २०८३ भदौ २९ गते सूचना प्रकाशित गर्दै विभिन्न पदमा १९ जना जनशक्ति माग गरेको हो। अस्पतालले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको जनाएको छ।

अस्पतालका अनुसार नवौँ तहमा एनेस्थेसियोलोजिस्ट, कार्डियोलोजिस्ट र इएनटी सर्जन एक–एक जना माग गरिएको छ। त्यस्तै, आठौँ तहमा मेडिकल अधिकृत ६ जना र पाँचौँ तहमा स्टाफ नर्स १० जना माग गरिएको छ।

इच्छुक तथा योग्य नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात् २०८३ असोज १२ गतेसम्म कार्यालय समयमा आवेदन दिन सक्नेछन्।

भर्नासम्बन्धी आवश्यक योग्यता, आवेदन प्रक्रिया, दस्तुरलगायत विस्तृत जानकारी भक्तपुर अस्पतालको आधिकारिक वेबसाइट तथा अस्पतालको सूचना पाटीबाट प्राप्त गर्न सकिने अस्पतालले जनाएको छ।

bhaktaupur-hospital-1789362051.JPG
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट