नेभिगेशन

अतिरिक्त सचिव डा. मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा

नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्राको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. मिश्रालाई प्रधानमन्त्री कार्यालयमा जिम्मेवारी दिने निर्णय गरेको हो। निर्णयपछि उहाँले शुक्रबार प्रधानमन्त्री कार्यालयमा पुगेर नयाँ जिम्मेवारी सम्हाल्नुभएको हो।

सरकारले विपद्पछिको अवस्थाको व्यवस्थापन तथा आवश्यक विशेष जिम्मेवारी सम्हाल्न उहाँलाई प्रधानमन्त्री कार्यालयमा ल्याएको बताइएको छ।

प्रधानमन्त्री कार्यालयमा रहेर उहाँले विपद्पछिको व्यवस्थापनसँगै सरकारले तोकेका अन्य विशेष जिम्मेवारीमा समेत काम गर्ने बताइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट