नेपाल हेल्थ न्युज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौँडाका तत्कालीन निमित्त निर्देशक डा. अर्जुनप्रसाद सापकोटासहितका प्रतिवादीलाई विशेष अदालतले दिएको सफाइको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
कोभिड–१९ विरुद्ध आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पीपीईलगायत स्वास्थ्य सामग्री) खरिदका लागि भएको बोलपत्र मूल्यांकनमा कानुनविपरीत कार्य गरेको आरोपमा आयोगले सापकोटासहितका प्रतिवादीविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको थियो।
आयोगले प्रतिवादीहरूबाट ३१ लाख १७ हजार ८९ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ङ) र (छ) बमोजिम कैद तथा बिगोबमोजिम जरिवाना गर्न मागदाबी गरेको थियो। साथै, ऐनको दफा १७ तथा दफा १९ को उपदफा (२) बमोजिम समेत सजायको माग गरिएको थियो।
तर, विशेष अदालतले २०८२ चैत १५ गते फैसला गर्दै प्रतिवादीहरूलाई आरोपबाट सफाइ दिएको थियो। विशेष अदालतको उक्त फैसलामा चित्त नबुझेपछि अख्तियारले २०८३ भदौ २५ गते सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभएको छ।
आयोगले स्वास्थ्य सामग्री खरिद तथा बोलपत्र मूल्यांकन प्रक्रियामा कानुनविपरीत कार्य भएको दाबी गर्दै प्रतिवादीहरूलाई दोषी ठहर गरी सजाय हुनुपर्ने मागसहित सर्वोच्चमा पुनरावेदन गरेको हो।
रसुवा बाढीका ३४१ बिरामीमध्ये २७८ घर फर्किए
मंगलबार, भदौ ३०, २०८३
भेरी अस्पतालमा शवगृह विस्तार गरिने
मंगलबार, भदौ ३०, २०८३
आईसीयूबाट अन्तर्वार्ता लिएको विषयमा प्रेस काउन्सिलको ध्यानाकर्षण
सोमबार, भदौ २९, २०८३
बैतडीमा भिरबाट लडेर स्वास्थ्य स्वयंसेविकाको मृत्यु
सोमबार, भदौ २९, २०८३
