नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल मेडिकल काउन्सिलमा पाँच जना सदस्य नियुक्त भएका छन्। नवनियुक्त सदस्यहरूले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
नवनियुक्त सदस्यहरूमा डा. गोपाल कुमार चौधरी, डा. प्रतिभा बिष्ट रोका, डा. श्यामेन्द्र बहादुर सिंह, डा. बोध विक्रम कार्की र डा. सुभित मास्के रहेका छन्।
नियुक्तिपछि उनीहरूले नेपाल मेडिकल काउन्सिलका सदस्यका रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्। शपथ ग्रहण कार्यक्रममा मन्त्री मेहताले नवनियुक्त सदस्यहरूलाई जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न शुभकामना दिनुभयो।
प्रकाशित मिति: आइतबार, असोज ४, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
अतिरिक्त सचिव डा. मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा
शुक्रबार, असोज २, २०८३
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरूद्धको खोप दिइँदै
शुक्रबार, असोज २, २०८३
स्वास्थ्य बीमा अन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
शुक्रबार, असोज २, २०८३
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
