नेपाल हेल्थ न्युज, काठमाडौं। नेपाल नर्सिङ संघ केन्द्रीय कार्यसमितिको आयोजनामा आइतबार काठमाडौँमा प्रभातफेरी कार्यक्रम सम्पन्न भयो। हरेक वर्ष मे १२ मा मनाइने अन्तर्राष्ट्रिय नर्सिङ दिवसलाई लक्षित गरी यसपटक एक दिन अघिनै कार्यक्रम सम्पन्न गरिएको हो।
प्रत्येक वर्ष मे १२ मा मनाइने यो दिवस फ्लोरेन्स नाइटिङ्गेलको योगदानको स्मरणस्वरूप सन् १९७४ बाट अन्तर्राष्ट्रिय रूपमा मनाउन थालिएको हो। यस वर्ष सो दिन बुद्धजयन्ती र उभौली परेकाले सार्वजनिक बिदा पर्ने भएकाले संघले कार्यक्रम अघिनै आयोजना गर्ने निर्णय लिएको हो।
प्रभातफेरी माइतीघरबाट सुरू भई सिंहदरबार, पद्मोदय मोड, पुतलीसडक, बागबजार हुँदै रत्नपार्कबाट भृकुटीमण्डपसम्म पुगेको थियो। सो क्रममा नर्स तथा नर्सिङ शिक्षार्थीहरूले विभिन्न नारा लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै नर्सहरूको हकहितप्रति जागरूकता फैलाए।
कोण सभामा बोल्दै नेपाल नर्सिङ संघकी पूर्व अध्यक्ष प्रा. तारा पोखरेलले नर्सहरू स्वास्थ्य सेवाको मेरुदण्ड भए पनि उनीहरूले पाउनुपर्ने सम्मान र श्रमको उचित मूल्याङ्कन नभएको गुनासो पोख्नुभयो। उहाँले नर्सहरूको दरबन्दी वृद्धि र पारिश्रमिक सुधारको माग गर्दै सरकार तथा निजी क्षेत्रलाई जिम्मेवार बन्न आग्रह गर्नुभयो।
संघकी अध्यक्ष प्रा. चन्द्रकला शर्माले नर्सिङ क्षेत्रलाई लामो समयदेखि उपेक्षा गरिएको बताउँदै श्रम शोषण अन्त्यका लागि नर्सहरू एकजुट हुनुपर्नेमा जोड दिनुभयो। उहाँँले संघले पछिल्ला दिनमा सरकारी र निजी क्षेत्रका नर्सहरूमा देखिएको समस्या समाधानमा सक्रिय भूमिका खेलेको उल्लेख गर्नुभयो।
त्यस्तै, महासचिव सहप्राध्यापक देवका आचार्यले नर्सहरूको हक र हितका लागि समग्र नर्स समुदाय संगठित रूपमा अघि बढ्नुपर्ने धारणा राख्नुभयो।
यस वर्ष अन्तर्राष्ट्रिय नर्सिङ दिवसको नाराले पनि नर्सहरूको भूमिकालाई अर्थतन्त्रसँग जोड्दै “हाम्रा नर्सहरू, हाम्रो भविष्यः नर्सहरूको हेरचाहले अर्थतन्त्रलाई बलियो बनाउँछ” भन्ने सन्देश दिएको छ।
चिकित्सकको आन्दोलनपछि पर्सामा एसपी हेरफेर, भट्टराई पुगे प्रमुखको जिम्मेवारीमा
बुधबार, साउन १३, २०८३
चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोड २५ लाख बराबरको बजेट स्वीकृत
बुधबार, साउन १३, २०८३
पार्टीमा आवद्ध व्यक्तिलाई नेपाल रेडक्रस सोसाइटीमा निषेध
बुधबार, साउन १३, २०८३
लामो समयपछि स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न
बुधबार, साउन १३, २०८३
