नेपाल हेल्थ न्युज, काठमााडौं । अन्तर्राष्ट्रिय नर्सिङ दिवस आज देशभर विभिन्न ठाँउमा कार्यक्रम मनाइएको छ। प्रत्येक वर्ष मे १२ तारिखका दिन फ्लोरेन्स नाइटिङेलको जन्मदिनको अवसरमा विश्वभर यो दिवस मनाउने गरिन्छ।
नेपालमा पनि स्वास्थ्य संस्थाहरू, नर्सिङ कलेजहरू, तथा नर्स संघहरूको पहलमा विविध कार्यक्रमको आयोजना गरिएको छ। राजधानी काठमाडौंमा आयोजित मुख्य समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधिहरू, नर्सिङ पेशाका अग्रजहरू तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमहरूमा नर्सहरूको योगदानको सम्मान, स्वास्थ्य क्षेत्रमा नर्सहरूको भूमिका र महत्वबारे छलफल, र प्रशंसा पत्र तथा पुरस्कार वितरण जस्ता गतिविधिहरू गरिएका छन्। यस वर्षको नारा (Our Nurses. Our Future. The Economic Power of Care ) रहेको छ, जसले नर्सहरूको सामाजिक र आर्थिक योगदानलाई अझ व्यापक रूपमा प्रस्तुत गर्ने लक्ष्य राखेको छ।
दिवसको अवसरमा देशका विभिन्न अस्पतालहरूमा निःशुल्क स्वास्थ्य जाँच, रक्तदान कार्यक्रम, तथा सचेतनामूलक र्यालीसमेत सञ्चालन गरिएको छ।
जनकपुरमा आठौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन अक्टोबर २–३ मा हुने
आइतबार, जेठ ३१, २०८३
काठमाडौं महानगरले साँघुरा सडकका लागि ‘बाइक एम्बुलेन्स’ सेवा ल्याउने तयारी
आइतबार, जेठ ३१, २०८३
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
आइतबार, जेठ ३१, २०८३
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
आइतबार, जेठ ३१, २०८३

