नेमाल हेल्थ न्युज, रौतहट । नेपाल चिकित्सक संघले रौतहट जिल्लामा आफ्नो शाखा स्थापना गरेको छ। संघको केन्द्रीय नेतृत्वको उपस्थितिमा शाखा र तदर्थ समिति गठन गरिएको हो।
संघका अध्यक्ष डा. अनिल कार्की, उपाध्यक्ष डा. निरज सिंह, महासचिव डा. सञ्जिव तिवारी तथा सहकोषाध्यक्ष डा. विक्रान्त ढकालको उपस्थिति रहेको सो कार्यक्रममा, शाखाको नेतृत्व डा. सुवास कुमार चौधरीले ग्रहण गर्नुभएको छ।
नवगठित समितिमा डा. कौशर आलम वरिष्ठ उपाध्यक्ष, डा. राकेश चौधरी उपाध्यक्ष, डा. मनोज कुमार कौशल सचिव, डा. शषि रंजन तिवारी कोषाध्यक्ष, डा. नविन कुमार सिंह सहसचिव र डा. राम भरोस प्रसाद सहकोषाध्यक्षको रूपमा चयन हुनुभएको छ।
त्यसैगरी, समितिमा डा. श्याम बाबु साह, डा. राकेश कुमार साह, डा. पंकज कुमार साह, डा. यादव प्रसाद घिमिरे, डा. राम ईश्वर साह, डा. अमरेश कुमार यादव, डा. अम्बेडकर कुमार यादव र मोहम्मद सवरे आलम सदस्यका रूपमा रहनुभएको छ।
यस्तै, वेब ट्रेनिङ कन्सर्न तर्फबाट सल्लाहकारको भूमिकामा प्रा. डा. राजेन्द्र कुमार चौधरी र डा. अभिनन्दन श्रीवास्तवले योगदान दिनुहुने छ।
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३
बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सक टोली जाँदै
शुक्रबार, भदौ २६, २०८३
बाढीपीडितलाई भारतीय औषधी कम्पनीको १ करोड ५० लाख सहयोग
शुक्रबार, भदौ २६, २०८३

