नेपाल हेल्थ न्युज, धनुषा जिल्लाको मिथिला विहारी नगरपालिका–८, ठेरा कचुरीमा आयोजित एक बिहे समारोहपछि सयभन्दा बढी मानिस बिरामी परेका छन्। जनकपुर उपमहानगरपालिका–२३, बिन्धीबाट आएका जन्ती र स्थानीयले खाएको खाजापछि स्वास्थ्यमा समस्या देखिएको हो।
बिहेमा सहभागी भएका जन्ती तथा गाउँलेहरूलाई खाजामा बुनिया, रसबरीजस्ता परिकार परोसीएको थियो। खाजा खाएपछि धेरै जनामा पेट दुख्ने, वान्ता हुने र अत्याधिक कमजोरी महसुस हुने लक्षण देखिएपछि उनीहरूलाई उपचारका लागि विभिन्न स्वास्थ्य संस्थाहरूमा लगिएको हो।
जिल्ला जनस्वास्थ्य कार्यालय, धनुषाका प्रमुख उमेश यादवका अनुसार हालसम्म ४५ जना बिरामीलाई प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ भने अन्य केही बिरामीहरू निजी क्लिनिक तथा अस्पतालहरूमा उपचार गराइरहेका छन्। केहीलाई सामान्य उपचारपछि घर पठाइएको बताइएको छ।
स्वास्थ्य समस्या देखिएपछि खाजाको नमुना संकलन गरी परीक्षणका लागि प्रयोगशालामा पठाइएको प्रमुख यादवले जानकारी दिनुभयो। परीक्षणपछि मात्र खाद्य विषाक्तता (फुड प्वाइजनिङ) को ठोस कारण थाहा हुने जनाइएको छ।
राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
आइतबार, भदौ २८, २०८३
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
