नेपाल हेल्थ न्युज, काठमाडौं । महालेखापरीक्षकको ६२औं वार्षिक प्रतिवेदनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र यसको मातहतका विभिन्न निकायहरूमा ठूलो मात्रामा बेरुजु देखिएको जनाएको छ। रिपोर्ट अनुसार मन्त्रालयसँग सम्बन्धित सरकारी र गैरसरकारी निकायहरूमा गरी कुल १ अर्ब ७० करोड ९५ लाख ६४ हजार रुपैयाँ बराबरको खर्च फस्र्योट हुन बाँकी छ।
विवरण अनुसार, सरकारी कार्यालयहरूतर्फ १६ वटा निकायमा जम्मा ३० करोड ३ लाख ४६ हजार रुपैयाँ बेरुजु देखिएकोमा प्रारम्भिक विवरण प्रस्तुत गरेपछि ६ करोड ४३ लाख ४६ हजार रुपैयाँ फस्र्योट भएको छ। त्यसपछि बाँकी २३ करोड ६० लाख रुपैयाँ अझै फर्छयोट हुन बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै, संगठित संस्था, समिति तथा अन्य गैरसरकारी निकायहरूको तर्फबाट सुरुवातमा १ अर्ब ५३ करोड १२ लाख ७५ हजार रुपैयाँ बराबरको बेरुजु देखिएको थियो। प्रारम्भिक विवरण पेस गरेपछि करिब ५ करोड ७७ लाख ११ हजार रुपैयाँ फस्र्योट भइसकेको छ। तर अझै १ अर्ब ४७ करोड ३५ लाख ६४ हजार रुपैयाँ बेरुजु रहेको उल्लेख छ।
प्रतिवेदनअनुसार, बाँकी रहेको रकममध्ये २६ करोड ७८ लाख २७ हजार रुपैयाँ म्याद नाघेका पेस्की खातामा परेको छ, जुन अझै पनि फस्र्योट हुन बाँकी छ।
घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३
