नेपाल हेल्थ न्युज, काठमाडौं । महालेखापरीक्षकको ६२औं वार्षिक प्रतिवेदनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र यसको मातहतका विभिन्न निकायहरूमा ठूलो मात्रामा बेरुजु देखिएको जनाएको छ। रिपोर्ट अनुसार मन्त्रालयसँग सम्बन्धित सरकारी र गैरसरकारी निकायहरूमा गरी कुल १ अर्ब ७० करोड ९५ लाख ६४ हजार रुपैयाँ बराबरको खर्च फस्र्योट हुन बाँकी छ।
विवरण अनुसार, सरकारी कार्यालयहरूतर्फ १६ वटा निकायमा जम्मा ३० करोड ३ लाख ४६ हजार रुपैयाँ बेरुजु देखिएकोमा प्रारम्भिक विवरण प्रस्तुत गरेपछि ६ करोड ४३ लाख ४६ हजार रुपैयाँ फस्र्योट भएको छ। त्यसपछि बाँकी २३ करोड ६० लाख रुपैयाँ अझै फर्छयोट हुन बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै, संगठित संस्था, समिति तथा अन्य गैरसरकारी निकायहरूको तर्फबाट सुरुवातमा १ अर्ब ५३ करोड १२ लाख ७५ हजार रुपैयाँ बराबरको बेरुजु देखिएको थियो। प्रारम्भिक विवरण पेस गरेपछि करिब ५ करोड ७७ लाख ११ हजार रुपैयाँ फस्र्योट भइसकेको छ। तर अझै १ अर्ब ४७ करोड ३५ लाख ६४ हजार रुपैयाँ बेरुजु रहेको उल्लेख छ।
प्रतिवेदनअनुसार, बाँकी रहेको रकममध्ये २६ करोड ७८ लाख २७ हजार रुपैयाँ म्याद नाघेका पेस्की खातामा परेको छ, जुन अझै पनि फस्र्योट हुन बाँकी छ।
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
