नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त रहेको १२औं तहको अतिरिक्त सचिव पदका लागि तीनजना अधिकारी सिफारिस भएका छन्।
बढुवा समितिले रिक्त २ पदका लागि डा. केशर बहादुर ढकाल, डा.श्रीकृष्ण श्रेष्ठ र डा.सुधा देवकोटालाई सिफारिस गरेको हो । अब मन्त्रिपरिषद्ले तीमध्ये दुई जनालाई नियुक्त गर्नेछ।
सम्बन्धित पदका लागि २४ जनाले आवेदन दिएका थिए, जसमध्ये एकजनाले आवेदन फिर्ता लिएपछि २३ जनामध्येबाट छनोट प्रक्रिया सम्पन्न गरिएको हो।
यसअघि चैत ६ गते सार्वजनिक सूचना प्रकाशित गर्दै समितिले १५ दिनको समय दिएर आवेदन माग गरेको थियो।
बढुवा समितिको सिफारिसपछि अब मन्त्रिपरिषद्को बैठकले योग्य ठहरिएका दुईजनालाई स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव पदमा नियुक्त गर्ने छ, जसले मन्त्रालयको प्रशासनिक र नीति निर्माण तहमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछन्।
चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोड २५ लाख बराबरको बजेट स्वीकृत
बुधबार, साउन १३, २०८३
पार्टीमा आवद्ध व्यक्तिलाई नेपाल रेडक्रस सोसाइटीमा निषेध
बुधबार, साउन १३, २०८३
लामो समयपछि स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न
बुधबार, साउन १३, २०८३
सुत्केरीलाई ६ महिना तलबी बिदा दिने प्रस्ताव
बुधबार, साउन १३, २०८३
