नेपाल हेल्थ न्युज, काठमाडौं । दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने विधेयक प्रतिनिधिसभाले सर्वसम्मत रुपमा पारित गरेको छ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सो विधेयक सर्वसम्मत पारित गरिएको हो। बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रियसभाबाट आएको ‘दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ माथि छलफल गर्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले तयार पारेको प्रतिवेदनसमेत बैठकमा प्रस्तुत गरिएको थियो। छलफलपश्चात विधेयक बिना कुनै मतभेद पारित गरिएको हो।
प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
बैतडीमा भिरबाट लडेर स्वास्थ्य स्वयंसेविकाको मृत्यु
सोमबार, भदौ २९, २०८३
दर्ता नभएका जडीबुटीयुक्त सुगन्धित तेलको बिक्री रोक्न सरकारको निर्देशन
सोमबार, भदौ २९, २०८३
आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
सोमबार, भदौ २९, २०८३
भक्तपुर अस्पतालमा १९ जना चिकित्सक तथा स्वास्थ्यकर्मी माग
सोमबार, भदौ २९, २०८३
