नेपाल हेल्थ न्युज, पाँचथर । महिलाहरूका लागि स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको परीक्षण गर्न फिदिम नगरपालिकाले विशेष स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ। भक्तपुर क्यान्सर अस्पतालका विशेषज्ञ चिकित्सकहरू र प्राविधिकहरूको सहयोगमा जेठ ९ र १० गते पाँचथर अस्पतालमा यो शिविर सञ्चालन गरिने नगरपालिकाले जानकारी दिएको छ।
गत वर्ष नगरपालिकाद्वारा सञ्चालित एचपिभी परीक्षणमा सहभागी लगभग एक हजार महिलामध्ये ३७ जनामा पाठेघरको मुखको क्यान्सरका लक्षण देखिएपछि यस वर्ष सेवा थप गर्दै परीक्षणको क्षेत्र विस्तार गरिएको हो।
नगरप्रमुख मित्रप्रसाद काफ्लेले यस पटकको शिविरमा भिडियो एक्स–रे, अल्ट्रासाउण्डजस्ता सेवा पनि उपलब्ध हुने जानकारी दिनुभयो। उहाँका अनुसार करिब २,००० महिलाको स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण गरिने लक्ष्य रहेको छ।
स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश यादवका अनुसार, महिलासँगै पुरुषहरूको पनि स्तन क्यान्सर परीक्षण गरिनेछ। अघिल्लो वर्षको अनुभवका आधारमा सेवा विस्तारित गरिएको र यो अवसरलाई उपयोग गर्न नगरवासीलाई सहभागी हुन अनुरोध गरिएको छ।
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३
बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सक टोली जाँदै
शुक्रबार, भदौ २६, २०८३
बाढीपीडितलाई भारतीय औषधी कम्पनीको १ करोड ५० लाख सहयोग
शुक्रबार, भदौ २६, २०८३

