नेपाल हेल्थ न्युज, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि आजका लागि तय गरिएको संसद्को प्रश्नोत्तर कार्यक्रम स्थगित गरिएको छ।
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार, प्रधानमन्त्री ओली सोमबारदेखि अस्वस्थ हुनुहुन्छ, जसका कारण आजको प्रतिनिधिसभा बैठकमा भाग लिन नसक्ने सम्भावना रहेको छ।
सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्रीले आफू असजिलो महसुस गरिरहेकाले सम्बोधन छोट्याएको जनाउनुभएको थियो। उहाँलाई रुघाखोकीको लक्षण देखिएको जानकारी आएको छ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीले संसद्को नियमावली, २०७९ को परिच्छेद–९ अनुसार सांसदहरूले राखेका प्रश्नहरूको उत्तर दिने कार्यक्रम तय गरिएको थियो। तर प्रधानमन्त्रीको स्वास्थ्य अवस्था कमजोर भएकाले उक्त कार्यसूची अघि बढ्न नसकेको एमाले स्रोतले जनाएको छ।
प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
