नेपाल हेल्थ न्युज, कैलाली । गोदावरी नगरपालिका-१ सडकमा एक गर्भवती महिलालाई व्यथाले छटपटाइरहेको अवस्थामा भेटिएको थियो। घटनास्थलमा प्रहरी जवान चन्द्रिका देउवाले छिटो निर्णय गर्दै महिलालाई सुरक्षित प्रसूति गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।
कैलाली जिल्ला प्रहरी कार्यालयले बुधबार चन्द्रिका देउवालाई प्रशंसा पत्र र रेकर्डमा नाम समावेश गर्दै पुरस्कृत गरिएको छ। कैलालीका प्रहरी प्रमुख, एसपी बाल नरसिंह राणाले देउवालाई उत्कृष्ट कार्यको लागि सम्मान गर्दै उक्त पुरस्कार प्रदान गर्नुुभएको थियो।
यो घटनामा, देउवाले मंगलबार गोदावरी नगरपालिका-१ स्थित वसन्तपुरमा सडकमा गर्भवती महिलालाई भेट्नुभएको थियो। महिला बझाङको थलारा गाउँपालिकाकी चन्द्रा आचार्य थिइन्। देउवाले उनलाई समयमै आवश्यक सहयोग पुर्याएर पद्मा अस्पतालसम्म पुर्याउँनुभएको थियो।
प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
किशोरीको डिम्ब तस्करी आरोपमा डा. नुतन शर्मासँग प्रहरीको बयान
आइतबार, साउन २४, २०८३
नेत्रज्योति सङ्घलाई डब्लुएचओले ‘पब्लिक हेल्थ अवार्ड’ प्रदान गर्ने
आइतबार, साउन २४, २०८३
चिकित्सक र नर्समाथि कुटपिटपछि पलाँता अस्पताल अनिश्चितकालका लागि बन्द
आइतबार, साउन २४, २०८३
गाभीले नेपाललाई ३ करोड ९६ लाख डलर बराबरको खोप दिने
आइतबार, साउन २४, २०८३
औषधि व्यवस्था विभागका तीन वरिष्ठ अधिकारीको जिम्मेवारी हेरफेर, को कहाँ सरुवा भयो ?
आइतबार, साउन २४, २०८३ट्रेन्डिङ
