नेभिगेशन

वैज्ञानिकहरूद्वारा लामखुट्टेमा परजीवी नष्ट गर्ने नयाँ तरिका

डा. अलेक्सान्ड्रा प्रोब्स्ट, हार्भर्ड विश्वविद्यालय

नेपाल हेल्थ न्युज, काठमाडौं । हर वर्ष झन्डै ६ लाख मानिसको ज्यान लिने मलेरियाजस्तो महामारीसंग लड्ने हो भने परम्परागत उपायहरू भन्दा बाहिर सोच्नुपर्ने आवश्यकता झन् बढ्दो छ। यस्तै सोचले प्रेरित भएका अमेरिकी वैज्ञानिकहरूले अब लामखुट्टे मारेर होइन, तिनलाई मलेरियाको परजीवी मुक्त बनाएर यो रोग नियन्त्रण गर्ने नयाँ बाटो फेला पारेका छन्।

हार्भर्ड विश्वविद्यालयसँग आबद्ध अनुसन्धानकर्ताहरूको एक टोलीले मलेरियाको परजीवी प्लाज्मोडियम नष्ट गर्न सक्ने दुई नयाँ औषधिको पहिचान गरेको छ। विशेष कुरा के भने, यी औषधि लामखुट्टेका खुट्टाबाट तिनको शरीरमा प्रवेश गर्छन् — झुलमा लगाइएका औषधिको सम्पर्कमा आएपछि१

झुलभित्रको विज्ञान
विगतमा लामखुट्टे नियन्त्रणको लागि कीटनाशक झुलहरू प्रयोग गरिँदै आइएको थियो। तर पछिल्लो दशकमा कीटनाशकप्रति लामखुट्टेहरूको प्रतिरोधात्मक क्षमता बढ्दै गएपछि त्यो उपाय कमजोर साबित हुँदै गएको छ। यही चुनौतीलाई सम्बोधन गर्न वैज्ञानिकहरूले औषधियुक्त झुलको अवधारणा ल्याएका हुन्।

“झुलको सम्पर्कमा आएका लामखुट्टे बाँचिहाले पनि तिनमा भएको मलेरियाको परजीवी मर्छ। नतिजा—लामखुट्टेले रोग सार्न सक्दैन,” अनुसन्धान टोलीकी प्रमुख डा. अलेक्सान्ड्रा प्रोब्स्ट भन्छिन्।

कसरी भयो परीक्षण ?
वैज्ञानिकहरूले सबैभन्दा पहिले प्लाज्मोडियम को जीन विश्लेषण गरेर त्यसमा कमजोर स्थान ९खगलिभचबदष्ष्तिष्भक० को खोजी गरे। त्यसपछि २२ सम्भावित औषधिको सूची बनाएर तिनको प्रयोग पोथी लामखुट्टेमा परीक्षण गरियो, जसले मलेरियाग्रस्त रगत सेवन गरेका थिए।

यीमध्ये दुई औषधि अत्यन्त प्रभावकारी देखिए। प्रयोगशालामा तयार गरिएको झुलसमान सामग्रीमा औषधि हालेर गरिएको परीक्षणमा देखिएको नतिजा उत्साहजनक थियो।

अब के हुन्छर ?
यस विधिको अर्को चरणको परीक्षण इथिओपियामा गरिने तयारी भइरहेको छ, जहाँ वास्तविक वातावरणमा यसको प्रभावकारिता जाँचिनेछ। यो अध्ययन सम्पन्न हुन करिब ६ वर्ष लाग्ने अनुमान गरिएको छ।

अझ उत्साहजनक कुरा के हो भने यी औषधिहरू झुलमा एक वर्षसम्म सक्रिय रहने देखिएको छ, जसले गर्दा तिनीहरू हाल प्रयोगमा रहेका कीटनाशक भन्दा सस्तो र टिकाउ विकल्प बन्नेछन्।

अन्तिम आशा
बालबालिका, विशेष गरी अफ्रिका र दक्षिण एसियाका ग्रामिण क्षेत्रका लागि मलेरिया एउटा ज्यानमारा चुनौती बनेको छ। मलेरियाविरुद्धको खोपको सिफारिस भइरहेका बेला यस्तो विधिको विकासले यो लडाइँमा थप हतियार थपिदिएको छ।

यो उपाय लामखुट्टे नियन्त्रणमा नयाँ सोच ल्याउने सम्भावना बोकेको छ, डा. प्रोब्स्ट भन्छिन्, र यसको प्रतिरोधी बन्न लामखुट्टेमा सम्भावना पनि न्यून छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट