नेपाल हेल्थ न्युज, चितवनमा शुक्रबारदेखि राष्ट्रिय चिकित्सक संघ नेपालले आयोजना गरेको तेस्रो राष्ट्रिय सम्मेलन आरम्भ भएको छ। दुई दिनसम्म चल्ने यो कार्यक्रमको सम्पूर्ण तयारी संघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको थियो।
संघका अध्यक्ष डा. जागेश्वर गौतमका अनुसार, सम्मेलनले संगठनको नयाँ नेतृत्व चयन गर्ने मुख्य एजेन्डा राखेको छ। उनले संघ चिकित्सकहरूको अधिकार तथा पेशागत हितका लागि निरन्तर सक्रिय रहेको उल्लेख गर्दै, स्वास्थ्यकर्मीहरूलाई देशमै कार्य गर्न अनुकूल वातावरण सिर्जना गर्न राज्यलाई दबाब दिइएको बताउनुभयो ।
सम्मेलनमा सल्लाहकार डा. कृष्ण अधिकारीले श्रम ऐनअनुसार चिकित्सकहरूले पाउनुपर्ने सुविधा सुनिश्चित हुन नसकेको गुनासो गर्दै संघले यस विषयमा आवाज उठाउँदै आएको जानकारी दिनुभयो।
अध्यक्ष चयन प्रक्रियामा सर्वसम्मतिको प्रयास भइरहेको र हाल डा. विकास गौचनलाई नयाँ अध्यक्षको रूपमा अघि सार्ने आन्तरिक छलफल चलिरहेको जनाइएको छ।
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३

