नेपाल हेल्थ न्युज, ललितपुर । लतिलपुरको महालक्ष्मी नगरपालिका र बी एण्ड बी अस्पताल प्रा.लि. बीच स्वास्थ्य सेवा प्रवाहलाई सुदृढ बनाउने उद्देश्यले विशेष समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ।
नगरपालिकाको तर्फबाट नगर प्रमुख श्री हरि गोविन्द श्रेष्ठ र अस्पतालको तर्फबाट प्रबन्ध निर्देशक प्रा. डा.जगदिश लाल बैध तथा अस्पतालका अध्यक्ष प्रा.डा. अशोक कुमार बाँस्कोटाको उपस्थितिमा उक्त समझदारीमा हस्ताक्षर गरिएको हो।
यस समझदारीमार्फत महालक्ष्मी नगरपालिकाभित्रका बासिन्दाहरूले बी एण्ड बी अस्पतालबाट उपचारमा प्राथमिकता प्राप्त गर्न सक्ने छन् । साथै सहुलियत दरमा उपचार तथा जनस्वास्थ्यसम्बन्धी संयुक्त कार्यक्रमहरूमा सहभागिता पाउनेछन्। नगर प्रमुख श्रेष्ठले कार्यक्रममा बोल्दै नगरवासीहरूको स्वास्थ्य सुरक्षालाई सुनिश्चित गर्न यो साझेदारी महत्वपूर्ण भएको उल्लेख गर्नुभयो। गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अझ सुलभ र समावेशी बनाउने हाम्रो प्रयासमा यो सम्झौता एक उपलब्धि भएको उहाँले स्पष्ट पार्नुभयो ।
बी एण्ड बी अस्पतालका प्रबन्ध निर्देशक प्रा. डा. बैधले अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय तहसँग सहकार्य गर्दै आएको र आगामी दिनमा पनि समुदायमुखी सेवा विस्तारमा प्रतिबद्ध रहेको बताउनुभयो । अस्पतालका अध्यक्ष प्रा.डा.बाँस्कोटाले समझदारी अनुसार नगरपालिकाका जनस्वास्थ्य अभियानहरूमा अस्पतालको चिकित्सक टोलीले प्राविधिक सहयोग पुर्याउने जानकारी दिनुभयो । कार्यक्रममा दुबै संस्थाका पदाधिकारी, स्वास्थ्यकर्मी तथा स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
आइतबार, भदौ २८, २०८३
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
