नेपाल हेल्थ न्युज, काठमाडौं । कर्मचारी सञ्चय कोषले अब आफ्ना सञ्चयकर्ताका परिवार सदस्यहरूलाई समेत स्वास्थ्य सेवा उपलब्ध गराउने तयारी गरेको छ। यो कदम सामाजिक सुरक्षा कोषको पछिल्लो गतिविधिको प्रभाव स्वरूप आएको हो।
सञ्चयकर्ताका दम्पतीलाई लक्षित गर्दै दिइँदै आएको स्वास्थ्य सेवा विस्तार गरी अब सन्तानलगायत अन्य परिवार सदस्यहरूलाई समेत समेट्ने तयारी भइरहेको छ। सामाजिक सुरक्षा कोषले हालै सन्तानका लागि उपचार सेवा सुरु गरेसँगै कर्मचारी सञ्चय कोषले पनि यस्तो योजना अघि सारेको हो।
यो निर्णय हालै संघीय संसदमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमार्फत सार्वजनिक गरिएको हो। बजेटमा उल्लेख भएअनुसार, सञ्चयकर्ताका श्रीमान्–श्रीमतीलाई दिइँदै आएको उपचार सुविधालाई परिवारका अन्य सदस्यमा समेत विस्तार गर्ने भएको हो ।
यस्तो निर्णयले कर्मचारीहरूको परिवार समग्र रूपमा स्वास्थ्य सुरक्षाको दायरामा आउन सक्ने विश्वास गरिएको छ। यसबाट हजारौँ सञ्चयकर्ताका परिवारजनहरू लाभान्वित हुने अपेक्षा गरिएको छ।
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
