नेपाल हेल्थ न्युज, काठमाडौं । मिर्गौला प्रत्यारोपणपछि सगरमाथा सफलतापूर्वक चढ्दै विश्व कीर्तिमान राख्ने पेम्बा शेर्पालाई स्वास्थ्य तजा जनसंख्या मन्त्री प्रदीप पौडेलले सम्मान गर्नुभएको छ।
मन्त्री पौडेलले उहाँलाई अङ्ग प्रत्यारोपण प्रवद्र्धन दूत घोषणा गर्दै मष्तिष्क मृत्युपछि अंगदान सहज बनाउने प्रयास थालिएको जानकारीदिनुभयो।
शेर्पाले सन् २०२१ मा मिर्गौला प्रत्यारोपण गर्नुभएको थियो र २०२४ मे १४ मा सगरमाथा आरोहण गर्दै इतिहास रच्नुभएको थियो । उहाँवैदेशिक रोजगारको क्रममा बिरामी भएपछि स्वदेश फर्किनुभएको थियो ।
मन्त्री पौडेलले भरियाको स्वास्थ्य बीमा लागू गर्ने प्रतिबद्धता पनि जनाउनुभएको छ । शेर्पाले यो उपलब्धिले आफूमा आत्मविश्वास बढेको बताउँदै अस्पतालसँगको वाचा पूरा गरेको उल्लेख गर्नुभयो ।
प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३

