नेपाल हेल्थ न्युज, काठमाडौं । विश्व ब्रेन ट्युमर दिवस को अवसरमा थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालले जेठ २४ गते विशेष निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ।
यो सेवा वरिष्ठ न्यूरोसर्जन प्रा.डा. राजीव झाको नेतृत्वमा हुनेछ। उहाँसँगै वरिष्ठ न्यूरोसर्जन डा. सुशीलमोहन भट्टराई, कन्सल्टेन्ट न्यूरोसर्जन डा. नम्रता खड्का, डा. राजीव शाह तथा मेडिकल अफिसर डा. पंकज साहले पनि परामर्श सेवा प्रदान गर्ने छन्।
ओपिडी सेवा दिउँसो २ बजेबाट साँझ ५ बजेसम्म नर्भिक अस्पताल परिसरमै सञ्चालन हुनेछ। इच्छुक बिरामीहरूलाई ०१–५९७००३२ नम्बरमा सम्पर्क गरी नाम दर्ता गर्न अस्पतालले अनुरोध गरेको छ।
नर्भिक अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत समय–समयमा विभिन्न रोगसम्बन्धी निःशुल्क ओपिडी र स्वास्थ्य परामर्श कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। अस्पतालका अनुसार यस कार्यक्रममार्फत विशेष गरी ब्रेन ट्युमरसम्बन्धी प्रारम्भिक लक्षणहरू पहिचान गर्न, आवश्यक परामर्श र उपचार मार्गदर्शन प्रदान गर्न मद्दत पुग्नेछ।
नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
शुक्रबार, साउन २२, २०८३
