नेपाल हेल्थ न्युज, काठमाडौं । हालै भारतभरि फेरि कोरोनाभाइरस संक्रमण तीव्र गतिमा फैलिन थालेको देखिएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या करिब ४ हजारको हाराहारीमा पुगेको छ।
साथै, भारतीय मेडिकल अनुसन्धान परिषद् (आईसीएमआर) का अनुसार हाल भारतमा कोरोना भाइरसका चार फरक भेरिअन्टहरू देखिएका छन्। यीमध्ये जेएन.१’ नामक भेरिअन्ट चर्चामा आएको छ, जुन ओमिक्रोन समूहको उपभेरिअन्ट हो।
विशेषज्ञहरू के भन्छन् ?
डा. संजय रायका अनुसार, जेएन.१’ पहिले नै चिनिएको भेरिअन्ट हो र हालसम्मको अध्ययन अनुसार यो निकै कम गम्भीर लक्षण देखाउने गर्छ। उनका अनुसार, यसले सामान्य रुघाखोकीजस्तै लक्षण देखाउन सक्छ।
नागपुर मेडिकल कलेजका डा. गावंडेले पनि यही कुरा समर्थन गर्दै भने, “जेएन.१’ छिटो फैलिन्छ तर गम्भीर हुँदैन। तर वृद्ध, बच्चा र दीर्घरोगीहरूका लागि सावधानी आवश्यक छ।”
खोप प्रभावकारिता बारे
तीन वर्षअघि दिइएका कोभिड खोप जस्तै कोभिशिल्ड, कोभ्याक्सीन अहिलेका नयाँ भेरिअन्टहरूमा कति असरदार छन् भन्ने प्रश्न उठेको छ। डा. अविनाश भोंडवेका अनुसार, दुई डोज र बुस्टर लगाएका व्यक्तिहरूमा प्रतिरोधी क्षमता अझै बाँकी हुन सक्छ, जसले गम्भीरता घटाउन सक्छ।
तर, डा. गावंडेले भने पुराना खोपहरू नयाँ भेरिअन्टविरुद्ध पूर्णरूपमा प्रभावकारी नहुने बताएका छन्। उनका अनुसार इन्फ्लुएन्जाजस्तै कोरोनाका लागि पनि समय(समयमा नयाँ खोप आवश्यक पर्न सक्छ।
नयाँ लहरको सम्भावनारु
विशेषज्ञहरू हालैको अवस्था हेर्दा भारतमा ठूलो संक्रमण लहर आउने सम्भावना कम देखिन्छ भन्छन्। मुख्यतः तीन कारण छन् खोप लगाउनेहरूको ठूलो संख्या, भेरिअन्टको कम गम्भीरता, र संक्रमित व्यक्तिहरूमा स्वाभाविक प्रतिरोधी क्षमता विकास।
तर उच्च जोखिम समूह जस्तै वृद्ध, दीर्घरोगी वा कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरूले विशेष सतर्कता अपनाउनु आवश्यक छ।
जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
