नेपाल हेल्थ न्युज, काठमाडौँ । नेपाल राष्ट्रिय चिकित्सक संघ (एनडीएएन) ले तोकिएको निर्वाह भत्ता कार्यान्वयन नगर्ने मेडिकल कलेजहरूमाथि कडा कदम चाल्न चिकित्सा शिक्षा आयोगसँग माग गरेको छ।
संघका उपाध्यक्ष डा. चण्डिका पण्डितको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आयोगका उपाध्यक्ष प्रा. डा. अञ्जनीकुमार झालाई ज्ञापनपत्र बुझाउँदै, भत्ता नदिने कलेजहरूसँगको सम्वन्धन खारेज गर्नुपर्ने माग राखेको हो।
चिकित्सा शिक्षा आयोगको १६औँ बैठकले निर्धारण गरेको निर्वाह भत्ता लागू गर्न संघले दबाब दिइरहेको छ। संघका अनुसार काठमाडौँ मेडिकल कलेज, नोवेल मेडिकल कलेज, चितवन मेडिकल कलेज, कान्तिपुर डेन्टल कलेज र पिपुल्स डेन्टल कलेजले सो निर्णय कार्यान्वयनमा ल्याएका छैनन्।
ज्ञापनपत्रमा भत्ता नदिने कलेजका एमबीबीएस तथा स्नातकोत्तर तहका म्याचिङ प्रक्रियामा रहेका सिटहरू रोक्न र ती सिटहरू घटाई नदिई सरकारी कलेजमा समायोजन गर्न समेत माग गरिएको छ।
घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३
