नेपाल हेल्थ न्युज, काठमाडौँ । नेपाल राष्ट्रिय चिकित्सक संघ (एनडीएएन) ले तोकिएको निर्वाह भत्ता कार्यान्वयन नगर्ने मेडिकल कलेजहरूमाथि कडा कदम चाल्न चिकित्सा शिक्षा आयोगसँग माग गरेको छ।
संघका उपाध्यक्ष डा. चण्डिका पण्डितको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आयोगका उपाध्यक्ष प्रा. डा. अञ्जनीकुमार झालाई ज्ञापनपत्र बुझाउँदै, भत्ता नदिने कलेजहरूसँगको सम्वन्धन खारेज गर्नुपर्ने माग राखेको हो।
चिकित्सा शिक्षा आयोगको १६औँ बैठकले निर्धारण गरेको निर्वाह भत्ता लागू गर्न संघले दबाब दिइरहेको छ। संघका अनुसार काठमाडौँ मेडिकल कलेज, नोवेल मेडिकल कलेज, चितवन मेडिकल कलेज, कान्तिपुर डेन्टल कलेज र पिपुल्स डेन्टल कलेजले सो निर्णय कार्यान्वयनमा ल्याएका छैनन्।
ज्ञापनपत्रमा भत्ता नदिने कलेजका एमबीबीएस तथा स्नातकोत्तर तहका म्याचिङ प्रक्रियामा रहेका सिटहरू रोक्न र ती सिटहरू घटाई नदिई सरकारी कलेजमा समायोजन गर्न समेत माग गरिएको छ।
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
