नेपाल हेल्थ न्युज, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुराना ऐनलाई सुधार गर्दै नयाँ स्वास्थ्य सेवा ऐन ल्याउने तयारी थालेको छ। मन्त्री प्रदीप पौडेलका अनुसार, स्वास्थ्य क्षेत्रमा लामो समयदेखि समाधान हुन नसकेका समस्याहरूलाई समेटेर नयाँ ऐन र नीति बनाउने प्रक्रिया अघि बढाइएको छ।
मन्त्रालयले अहिलेको स्वास्थ्य सेवा ऐन, २०५३ लाई प्रतिस्थापन गर्दै आधुनिक आवश्यकता अनुसारको कानुनी संरचना बनाउने तयारी गरेको हो।
शुक्रबार बालबालिकाका लागि काम गर्ने गैरसरकारी संस्थाहरूको महासङ्घ नेपालले आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले, परम्परागत सीप र ज्ञान नयाँ पुस्तामा हस्तान्तरण नहुँदा बालबालिकाको सांस्कृतिक पहिचान हराउने खतरा रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा महासङ्घका पूर्व वरिष्ठ उपाध्यक्ष डिल्लीराम गिरीले, विगत ३० वर्षदेखि बालबालिकाका अधिकार र संरक्षणमा काम गर्दै आएको जानकारी दिनुभयो। उहाँले बाल श्रम, बालविवाह, बेचबिखन, अपाङ्गता लगायतका समस्यासँग महासङ्घ निरन्तर रूपमा संघर्ष गर्दै आएको बताउनुभयो।
सीटी स्क्यान मेसिन खरिद घोटाला: तत्कालीन उपकुलपतिसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, माघ १५, २०८२
गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध
बिहीबार, माघ १५, २०८२
मन्त्री शर्माद्वारा जि.पी. कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रको अनुगमन
बिहीबार, माघ १५, २०८२
माधव नेपाल अस्पताल भर्ना
बिहीबार, माघ १५, २०८२
