नेपाल हेल्थ न्युज, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुराना ऐनलाई सुधार गर्दै नयाँ स्वास्थ्य सेवा ऐन ल्याउने तयारी थालेको छ। मन्त्री प्रदीप पौडेलका अनुसार, स्वास्थ्य क्षेत्रमा लामो समयदेखि समाधान हुन नसकेका समस्याहरूलाई समेटेर नयाँ ऐन र नीति बनाउने प्रक्रिया अघि बढाइएको छ।
मन्त्रालयले अहिलेको स्वास्थ्य सेवा ऐन, २०५३ लाई प्रतिस्थापन गर्दै आधुनिक आवश्यकता अनुसारको कानुनी संरचना बनाउने तयारी गरेको हो।
शुक्रबार बालबालिकाका लागि काम गर्ने गैरसरकारी संस्थाहरूको महासङ्घ नेपालले आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले, परम्परागत सीप र ज्ञान नयाँ पुस्तामा हस्तान्तरण नहुँदा बालबालिकाको सांस्कृतिक पहिचान हराउने खतरा रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा महासङ्घका पूर्व वरिष्ठ उपाध्यक्ष डिल्लीराम गिरीले, विगत ३० वर्षदेखि बालबालिकाका अधिकार र संरक्षणमा काम गर्दै आएको जानकारी दिनुभयो। उहाँले बाल श्रम, बालविवाह, बेचबिखन, अपाङ्गता लगायतका समस्यासँग महासङ्घ निरन्तर रूपमा संघर्ष गर्दै आएको बताउनुभयो।
चर्को गर्मीमा तुरुन्त राहत दिने सुपर ड्रिंक: नरिवल पानी
बुधबार, चैत ४, २०८२
स्वास्थ्य मन्त्रालयको (एस.एम.टी) बैठक सम्पन्न, आगामी वर्षका योजनामा जोड
बुधबार, चैत ४, २०८२
रास्वपा सांसदलाई लामिछानेको सुझाव: सरकारी अस्पतालमै उपचार गर्नुस्
बुधबार, चैत ४, २०८२
लुम्बिनी प्रदेशका अस्पतालहरूमा १२ चिकित्सक र प्रशासकको नियुक्ति
बुधबार, चैत ४, २०८२
