नेपाल हेल्थ न्युज, काठमाडौं । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टाको अवधिमा चार जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार संक्रमित सबै भारतबाट नेपाल आएका व्यक्तिहरू हुन्।
तीमध्ये तीन जनामा कञ्चनपुरस्थित त्रिनगर नाकामा गरिएको एन्टिजेन परीक्षणबाट संक्रमण देखिएको हो भने एक जनामा बझाङको झुलाघाट नाकामा परीक्षण गर्दा पुष्टि भएको हो। संक्रमितहरू कञ्चनपुर, अछाम र बझाङ जिल्लाका बासिन्दा रहेको जोशीले जानकारी दिनुभयो।
“शङ्कास्पद व्यक्तिहरूको परीक्षण गर्दा पाँच जनामा कोभिड देखिएको छ,” उहाँले भन्नुभयो, “सङ्क्रमितहरूलाई घरमै आइसोलेसनमा बस्न सल्लाह दिइएको छ।”
यसअघि शुक्रबार पाँच जना, बिहीबार एक जना र बुधबार तीन जनामा कोरोना पुष्टि भएको थियो।
यस्तै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागले संक्रमण पुनः फैलिने जोखिमलाई ध्यानमा राख्दै मातहतका सबै अस्पताल, कार्यालय र प्रयोगशालालाई सतर्क र तयारी अवस्थामा रहन निर्देशन दिएको छ। रासस
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३

