नेपाल हेल्थ न्युज, काठमाडौं । मनसुन सुरु भएसँगै देशभर डेङ्गी संक्रमण देखिन थालेको छ। जूनदेखि अगस्ट (असार–भदौ) सम्मको समयलाई डेङ्गीको उच्च जोखिमको समयमा पर्ने बताइएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका तथ्यांकअनुसार, जनवरी १ देखि जुन ८ सम्ममा १,२५५ जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ भने ७२ जिल्लामा यो रोग फैलिएको छ। सबैभन्दा धेरै संक्रमित काठमाडौँमा रहेका छन् भने कास्की, सुनसरी, चितवन, पाल्पा, रुपन्देही, कञ्चनपुर, दाङ र भक्तपुरमा पनि डेङ्गी सङ्क्रमण देखिएको छ।
कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले भन्नुभएको छ कि डेङ्गीको संक्रमणलाई पूर्ण रूपमा अन्त्य गर्न गाह्रो भए पनि यसलाई नियन्त्रणमा राख्न सकिने अवस्था छ। यसको लागि सबै तहका नागरिक, समुदाय, सरकार र गैरसरकारी संस्था मिलेर काम गर्न आवश्यक छ।
यस वर्ष मनसुन चाँडै सुरु भएको र धेरै पानी पर्ने अनुमान भएकाले डेङ्गी सङ्क्रमण बढ्न सक्ने सम्भावना रहेको उहाँले बताउनुभयो। लामखुट्टे विकासको लागि पानी जम्मा हुने स्थानहरू हुने भएकाले सचेत रहन जरुरी छ।
डेङ्गी एडिस एजिप्टाई जातको लामखुट्टेको टोकाइबाट फैलने रोग हो। यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्ने हुन्छ। यसका लागि शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डीहरू सफा गर्ने, पानी जम्मा हुने ठाउँहरूलाई खाली र छोपेर राख्ने, सुत्दा झुलो प्रयोग गर्ने लगायतका सावधानी अपनाउन विज्ञहरूले आग्रह गरेका छन्। यसरी सबैको समन्वय र सचेतनाले डेङ्गी सङ्क्रमण र मृत्यु दर घटाउन सकिने डा. दाहालले बताउनुभयो।
स्वास्थ्यकर्मीमाथि हुने आक्रमण रोक्न सुरक्षा समन्वय समिति फेरि सक्रिय गरिने
मंगलबार, साउन १२, २०८३
बेबी पाउडर जोन्सन एन्ड जोन्सनले ट्याल्क मुद्दा मिलाउन ५.५ अर्ब डलर तिर्ने प्रस्ताव
मंगलबार, साउन १२, २०८३
लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मी माग, कुन पदमा कति ?
मंगलबार, साउन १२, २०८३
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
मंगलबार, साउन १२, २०८३
