नेपाल हेल्थ न्युज, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अबदेखि मानसिक स्वास्थ्यसम्बन्धी सेवा सुरु गर्ने भएको छ।
महानगरको आगामी आर्थिक वर्ष २०८१र८२ का नीति तथा कार्यक्रमअन्तर्गत यो सेवा सुरु गर्न लागिएको हो।
यो सेवा जेठ २८ गतेदेखि सुरु भई बबरमहलस्थित शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा बिहान १० देखि १२ बजेसम्म प्रदान गरिनेछ।
महानगरका अनुसार सेवा प्रारम्भिक चरणमा असार महिनादेखि हरेक आइतवार र बुधवार नियमितरूपमा दिइनेछ।
सेवामा विशेषगरी एङ्जाइटी (चिन्ता), डिप्रेसन (उदासी), लागूपदार्थको दुरुपयोग लगायत मनोसामाजिक समस्याहरूको परामर्श र उपचार उपलब्ध गराइनेछ। यसमा सम्बन्धित क्षेत्रका विज्ञहरू सहभागी हुनेछन्।
प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३

