नेपाल हेल्थ न्युज, कञ्चनपुर । सुदूरपश्चिमका विभिन्न नाकाबाट भारत फर्किएका नेपालीहरूमा फेरि कोरोना संक्रमण देखिन थालेको छ। स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो सातामा मात्रै १६ जनामा संक्रमण पुष्टि भएको छ। कैलालीको त्रिनगर र बैतडीको झुलाघाट नाकाबाट भित्रिएकामध्ये धेरैजसोमा लक्षण देखिएको छ। तर, परीक्षण किटको अभावले सबैको परीक्षण गर्न नसकिएको बताइएको छ।
गौरीफन्टा र झुलाघाट नाकामा मंगलबार दुई जनामा संक्रमण देखिएको हो। सोही दिन ६४३ जना नेपाल प्रवेश गरेका थिए, तर १४ जनामात्र परीक्षण गरिएको थियो। गड्डाचौकी नाकामा परीक्षण सुरु भए पनि त्यहाँ पनि किटको संख्या सीमित छ। जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले परीक्षण सुरु गरे पनि हाल १०० किटमात्र छन्, र लक्षण देखिएकाहरूको मात्र परीक्षण गरिएको छ।
स्वास्थ्यकर्मीहरू हेल्थ डेस्कमा यात्रुको स्वास्थ्य अवस्था बुझ्ने, आवश्यक परामर्श दिने र शंकास्पदलाई घरमा अलग बस्न सुझाउने काम गरिरहेका छन्। यद्यपि, धेरै यात्रु सुरक्षाकर्मीको निगरानी बिना नाकाबाट सिधै देशभित्र पस्ने गरेका छन्। स्थानीयले नाकामा कडाइ गर्न र सबैको स्वास्थ्य परीक्षण सुनिश्चित गर्न माग गरेका छन्।
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३

