नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालमा विवाहित जोडीहरूको झण्डै ७० प्रतिशतले यौन दुर्बलताको समस्या भोगिरहेको हालैको एक अध्ययनले देखाएको छ। सन् २०२४ मा सोलिड नेपाल, स्थानीय एकीकृत समाज नेपाल, परिवार कल्याण महाशाखा र संयुक्त राष्ट्र विकास कार्यक्रम को सहकार्यमा सम्पन्न उक्त अनुसन्धानले यौन स्वास्थ्यप्रति गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औंल्याएको हो।
तीन भौगोलिक क्षेत्र समेटेर गरिएको अध्ययनमा ३४ जिल्लाका ३,३८२ विवाहित जोडी समावेश थिए। अध्ययन अनुसार यौन दुर्बलता भोगिरहेका जोडीहरूमध्ये ७२.२ प्रतिशत पुरुष छन् भने ३२ प्रतिशत महिला पनि प्रभावित छन्।
यस समस्याका कारण पारिवारिक सम्बन्धमा विभिन्न प्रकारका तनाव र हिंसात्मक अवस्था देखिएको संयोजक डा. खेम कार्कीले बताउनुभयो। दाम्पत्य सम्बन्धमा यौन असन्तुष्टि बढ्दै जानुका कारणले झगडा, सम्बन्धविच्छेद, यौन तथा घरेलु हिंसा लगायतका समस्या बढेका छन्, उहाँले भन्नुभयो।
यो समस्याको पछाडि मानसिक तनाव, अस्वस्थ जीवनशैली, तथा नसर्ने रोगहरूको वृद्धि मुख्य कारणका रूपमा पहिचान गरिएको छ। अध्ययनले यौन स्वास्थ्यलाई समेट्ने नीति निर्माण गर्न र सरकारी स्तरमा एकीकृत उपचार प्रणाली विकास गर्नुपर्ने सुझाव दिएको छ।
स्वस्थ आहार, खुला संवाद र समयमै उपचार यौन स्वास्थ्य सुधारका प्रमुख आधार हुन सक्ने भन्दै अध्ययनले सर्वसाधारणदेखि नीति निर्मातासम्म सजग रहन आग्रह गरेको छ।
जनकपुरमा आठौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन अक्टोबर २–३ मा हुने
आइतबार, जेठ ३१, २०८३
काठमाडौं महानगरले साँघुरा सडकका लागि ‘बाइक एम्बुलेन्स’ सेवा ल्याउने तयारी
आइतबार, जेठ ३१, २०८३
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
आइतबार, जेठ ३१, २०८३
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
आइतबार, जेठ ३१, २०८३

