नेपाल हेल्थ न्युज, काठमाडौं । काठमाडौँ महानगरपालिका–२६ द्वारा आयोजित जिल्ला स्तरीय खेलकुद कार्यक्रम उद्घाटन गर्दै स्वास्थ्य मन्त्री प्रदीप पौडेलले स्वस्थ जीवन र खुसी समाज निर्माणमा खेलको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो।
उपप्रमुख सुनिता डङ्गोलले वडा स्तरबाटै जिल्लाव्यापी प्रतियोगिता आयोजना गरिएको जानकारी दिँदै समावेशी खेलकुदलाई प्राथमिकतामा राखिएको बताउनुभयो। दृष्टिविहीन, ह्विलचेयर प्रयोगकर्ता र अशक्त व्यक्तिहरूका लागि विशेष खेलहरू सञ्चालन गरिएको छ।
कार्यक्रम वडाध्यक्ष ख्यामराज तिवारीका अनुसार फुटसल, टेबुलटेनिस, तेक्वान्दो, कराते लगायत पाँच विधामा एक हजारजति खेलाडी सहभागी छन्। प्रतियोगिता असार ८ गतेसम्म सञ्चालन हुनेछ।
प्रकाशित मिति: सोमबार, असार २, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३

