नेपाल हेल्थ न्युज, नेपालगञ्ज । बाँके जिल्लामा गर्मीको तीव्रता बढेसँगै छाला रोगका बिरामीको सङ्ख्यामा उल्लेखनीय वृद्धि देखिएको छ। भेरी अस्पताल, नेपालगञ्जमा कार्यरत छाला रोग विशेषज्ञ डा. बद्री चापागाईंका अनुसार पछिल्लो समय २० देखि ४० वर्ष उमेर समूहका व्यक्तिहरूमा दादजस्ता छालासम्बन्धी रोगका समस्या बढिरहेका छन्।
उहाँ भन्नुहुन्छ, “गर्मीका कारण बिरामीको संख्यामा दैनिक रूपमा वृद्धि भइरहेको छ, विशेषगरी काखी र काछलातिर दाद देखिन्छ।”
नेपालगञ्जसहित छिमेकी जिल्ला बर्दिया, सुर्खेत र जुम्लाबाट समेत छाला रोगको उपचारका लागि बिरामीहरू आउने गरेका छन्। नरैनापुर गाउँपालिकामा छाला रोगका केस अझ बढी देखिएका छन्। त्यहाँको कटकुइया स्वास्थ्य चौकीका प्रमुख दिनेशकुमार मौर्यका अनुसार उनीहरू दैनिक ४०–६० जना बिरामीको जाँच गर्ने गर्दछन्, जसमा करिब २०–२५ जनामा छालासम्बन्धी समस्या पाइन्छ।
सबैभन्दा धेरै दाद, लुतो, छाला चिलाउने, घमौरा र पिलो आउने समस्याहरू देखिएका छन्। मौर्यका अनुसार भारत–नेपाल सीमा नजिकैको क्षेत्र भएकाले मानिसको आवागमनका कारण संक्रमण सर्ने सम्भावना बढी रहेको छ।
यस्तै, नरैनापुरकै लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक नवीन बुढा क्षेत्रीका अनुसार उनीहरूले दैनिक रूपमा जाँच गरिरहेका बिरामीमध्ये करिब २० जना छालाका समस्याबाट ग्रसित हुन्छन्। छालारोग वयस्कदेखि वृद्धसम्ममा देखिएको उहाँले जनाउनुभयो।
स्वास्थ्यकर्मीहरूका अनुसार प्रत्येक वर्ष छालारोगसम्बन्धी सचेतनामूलक कार्यक्रम गरिए पनि समस्याको ग्राफ झन् उकालो लागिरहेको छ।
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
