नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य सेवा व्यवस्थापकहरूको स्थायी दरबन्दी सुनिश्चित गर्नुपर्ने मागसहित नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघले आइतबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ।
संघका अनुसार स्वास्थ्य मन्त्रालयले हालै सम्पन्न गरेको संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षणमा अस्पताल व्यवस्थापकहरूको पदलाई समावेश नगरिएको भन्दै उनीहरूले आपत्ति जनाएका हुन्। संघका अध्यक्ष महेन्द्र राज भुसालले अस्पतालमा सुशासन र प्रभावकारी सेवा प्रवाहका लागि व्यवस्थापकहरूको स्थायी संरचना आवश्यक रहेको बताए। उनका अनुसार डाक्टर र नर्सहरू मात्रको तथ्याङ्क संकलन गरेर गरिएको सर्वेक्षणले अस्पताल व्यवस्थापन प्रणालीलाई उपेक्षा गरेको छ।
प्रदर्शनका क्रममा सहभागीहरूले ‘स्वास्थ्य सेवा व्यवस्थापकको लोक सेवामा स्थायी दरबन्दी सिर्जना गर’, ‘व्यवस्थापक अस्पताल प्रशासनको मेरुदण्ड हो’ (ओ एन्ड एम) सर्वेक्षणमा व्यवस्थापकको दरबन्दी राख’ भन्ने जस्ता प्लेकार्ड बोकेका थिए।
संघले ५० शैयाभन्दा बढी क्षमताका सरकारी अस्पतालहरूमा व्यवस्थापकको नियुक्ति अनिवार्य गरिनुपर्ने अस्पताल सञ्चालन निर्देशिका अनुसारको व्यवस्था कार्यान्वयनमा समेत सरकार उदासीन देखिएको आरोप लगाएको छ।

जनकपुरमा आठौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन अक्टोबर २–३ मा हुने
आइतबार, जेठ ३१, २०८३
काठमाडौं महानगरले साँघुरा सडकका लागि ‘बाइक एम्बुलेन्स’ सेवा ल्याउने तयारी
आइतबार, जेठ ३१, २०८३
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
आइतबार, जेठ ३१, २०८३
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
आइतबार, जेठ ३१, २०८३

