नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालका ७३ जिल्लामा एक हजार ५०० भन्दा धेरै व्यक्तिमा डेंगु संक्रमण पुष्टि भएको छ। रोग नियन्त्रण महाशाखाको किटजन्य रोग शाखाका अनुसार पुस महिनादेखि अहिलेसम्म संक्रमण फैलिएको हो।
डेंगु संक्रमण बागमती, कोशी र गण्डकी प्रदेशमा सबैभन्दा धेरै देखिएको छ। बागमतीमा ३८०, कोशीमा ३०० र गण्डकीमा ३०३ जना संक्रमित भेटिएका छन्। अन्य प्रदेशमा लुम्बिनीमा २४७, सुदूरपश्चिममा २१८, कर्णालीमा ३२ र मधेशमा २२ जनामा संक्रमण पुष्टि भएको छ।
डेंगु एडिज जातको लामखुट्टेको टोकाइबाट फैलिन्छ। यी लामखुट्टे सफा पानी जम्मा भएको ठाउँमा हुर्कन्छन्। डेंगुका लक्षणमा उच्च ज्वरो, शरीर दुख्ने, आँखाको गेडी दुख्ने, वान्ता, पखाला, गिजाबाट रगत बग्ने लगायत समस्या देखिन्छ।
स्वास्थ्यकर्मीहरूका अनुसार अधिकांश बिरामी घरमै आराम गर्दा निको हुने गर्छन्। ज्वरो घटाउन प्यारासिटामोल प्रयोग गर्न र ब्रुफिन वा एन्टिबायोटिक नखान सुझाव दिइएको छ। गम्भीर लक्षण देखिएमा तुरुन्त अस्पताल जानुपर्ने हुन्छ।
गर्भवती, दीर्घरोगी, साना बालबालिका र ज्येष्ठ नागरिकमा डेंगु गम्भीर बन्ने सम्भावना बढी हुन्छ। संक्रमणबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनु नै प्रमुख उपाय हो। शरीर ढाक्ने लुगा लगाउने, पानी जम्न नदिने, र घर वरिपरिका भाँडोहरू सफा राख्न सुझाव दिइएको छ।
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
